search

मधेशमा समाजिक सुरक्षा नीति बनाउँदै छौ–मन्त्री जैसवाल

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० साउन । मधेशप्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जैसवालले मधेशमा प्रदेश सरकारले समाजिक सुरक्षा नीति बनाउने काममा लागेको बताएका छन् । मधेशप्रदेश ज्येष्ठ नागरिक महासंघ मधेशप्रदेश समितिद्वारा वीरगंजको लक्ष्मानवास्थित ज्येष्ठ नागरिक पार्कमा शनिवार सम्पन्न प्रथम प्रदेश अधिवेशनलाई उद्घाटन गरेपछि सम्बोधन गर्ने क्रममा उनले यस्तो जानकारी गराएका हुन् ।
समाजिक सुरक्षाको क्षेत्रमा प्रदेश सरकार गम्भीर रहेको चर्चा गर्दै उनले समाजिक सुरक्षा नीति बनाएर काम गर्ने सरकारको लक्ष्य रहेको उनले बताए । ज्येष्ठ नागरिक हाम्रो समाजको गहना हुन्,उनीहरुको बौद्धिकता,अनुभव र भोगाईबाट के लाभ लिन सकिन्छ भन्ने सोचका साथ ज्येष्ठ नागरिक महासंघ समाज कल्याणको क्षेत्रमा एउटा अभिभावकीय संस्थाको रुपमा सहकार्य गर्न सकिने उनले बताए । त्यसैकारण वीरगंजको आजको कार्यक्रमबाट प्रदेश सरकारलाई धेरै मद्दत पुग्ने समेत उनले विश्वास व्यक्त गरे । नेपालकै समाज उथानको क्षेत्रमा पूर्व प्रधानमन्त्री भरतमोहन अधिकारीको नाम सबैको जिब्रोमा आउने गरेको समेत उनले बताए । उनी नै शुरुमा बुढापाकालाई मासिक रु सय रुपैया वृद्ध भत्ता दिनु पर्ने समाजिक सुरक्षा भत्ता शुरु गरेको नेता भएकोले आजको समयमा समाजिक सुरक्ष भत्ताको महत्व ज्येष्ठ नागरिकको हकमा कति रहेको छ भने सबैलाई अवगत नै रहेको उनले स्पष्ट पारे । उनले मधेश प्रदेश सरकारले विपत जन्य घटनामा हुने क्षतिको लागि रु १ लाखदेखि सवा ५ लाख सम्मको विमा र प्रदेशको नागरिकले नेपालकै कुनै ठाउँ वा भारतको विहार राज्यमा समेत दुर्घटनामा परी ज्यान घुमाएको खण्डमा निजको परिवारजनलाई रु १० लाख सम्मको क्षति पूर्ती पाउने विमा कार्यक्रम पनि गत बजेट भाषणबाट यो योजना ल्याएको समेत जानकारी गराए ।

ज्येष्ठ नागरिक महासंघ मधेशप्रदेशका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि महासंघका केन्द्रीय सदस्य रमेशकुमार दत्त,समाजसेवी नेजामुद्दिन समानी,पत्रकार महासंघको केन्द्रीय समितिको लेखा समिति संयोजक केसि लामिछाने,पत्रकार महासंघ मधेशप्रदेशका अध्यक्ष श्याम बन्जारा,पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल,मध्यनेपाल सप्ताहिककी प्रशासक कविता खडकालगायतले शुभकामना मन्त्व्य व्यक्र गरेका थिए ।कार्यक्रममा महासंघका श्यामकुमार पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

Facebook Comments Box

ताजा खबर

महिला मिसनद्वारा कपडा बैंकलाई कपडा सहयोग

वीरगंज, २१ कात्तिक । जागृति महिला मिसन वीरगंजले वीरगंज कपडा बैंकलाई कपडा सहयोग गरेको छ । मिसनकी अध्यक्ष सुधा मिश्राको...

सम्बन्धित खबर

- Advertisement -neelambads