search

spot_img
spot_img

सशस्त्र प्रहरीद्वारा छापामारीः सात लाख बराबरको कपडा बरामद

पढ्न छुटाउनुभयो ?

वीरगंज १२ साउन । सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म वीरगंजले दुई स्थानमा छापा मारी भन्सार छलीको सात लाख मूल्य बराबरको कपडा बरामद गरेको छ । साउन ११ गते सूचनाका आधारमा सशस्त्र प्रहरी र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगरका दुई छुट्टाछुट्टै स्थानमा छापा मारेको थियो । गुल्मपति डिएसपी पुरूषोत्तम भण्डारीको नेतृत्वमा आदर्शनगरस्थित एक गोदामबाट भन्सार चोरी पैठारी गरि भण्डारण गरिएका रेडिमेड कपडा नियन्त्रणमा लिएको थियो । यसैगरी अरूण कुमार तेलीको घरमा डिएसपी भण्डारीको नेतृत्वमा १५ जना सशस्त्र प्रहरी र भन्सार कार्यालयका नायब सुब्बा सुवर्ण पौडेलसहित ३ जना कर्मचारीले छापामारी कपडा बरामद गरेको थियो । बरामद सात लाख छ हजार मूल्य बराबरको कपडा कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

लायन्स क्लबद्वारा सरसफाइ सामग्री प्रदान

वीरगंज, १३ साउन । लायन्स क्लब अफ वीरगंज परिवारले मंगलवार पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ सामग्री हस्तान्तरण गरेको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads