search

spot_img
spot_img

नागरिकता दुरुपयोग गरी अवैध सम्पत्ति आर्जन गर्ने निरन्जनविरूद्ध विभागद्वारा मुद्दा दायर

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ साउन । नेपाली नागरिकताको दुरूपयोग गरी करोडौंको अवैध सम्पत्ति आर्जन गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भारतको राजस्थान घर भई वीरगंज महानगरपालिका–१०, लाठ गल्लीमा बसोबास गर्दै आएका निरन्जन कुमार अग्रवालविरुद्ध ५१ करोडभन्दा बढी बिगो कायम गरी बिहीवार जिल्ला अदालत पर्सामा मुद्दा दायर गरेको छ ।

अग्रवालले झुठा विवरण पेस गरी नेपाली नागरिकता प्राप्त गरेका र उनले आफ्नी श्रीमती रितुदेवी अग्रवाललाई समेत वैवाहिक अंगीकृत नागरिकता दिलाएको अनुसन्धानबाट खुलेको विभागले जनाएको छ। नागरिकता प्राप्त गरेपछि उनीहरूले विभिन्न व्यक्तिको नाममा व्यापक मात्रामा सम्पत्ति आर्जन गरेको भेटिएको छ । अग्रवालले आफ्नो नाममा मात्र नभई, श्रीमती र अन्य विभिन्न व्यक्तिको नाममा समेत जग्गा, बैंक खाता, सेयर लगायतका सम्पत्ति खरिद गरी राखेको अनुसन्धानका क्रममा खुलेको छ । यी सबै सम्पत्तिहरू अवैध रूपमा आर्जन गरिएको आयबाट खरिद गरिएको विभागले ठहर गरेको छ। यसरी अवैध तरिकाले आर्जन गरिएको सम्पत्तिको बिगो कुल ५१ करोड ११ लाख ९५ हजार ७० रुपियाँँ ८ पैसा पुगेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले निरन्जन कुमार अग्रवाललाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अनुसार अधिकतम सजाय हुन माग गरेको छ। साथै, उनले अवैध रूपमा आर्जन गरेका सम्पूर्ण सम्पत्ति जफत गर्न पनि विभागले अदालतसमक्ष माग गरेको छ। यसका अतिरिक्त, अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार क्षतिपूर्ति रकम पीडित राहत कोषमा जम्मा गर्न पनि विभागले माग गरेको छ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेस प्रदेश सरकारले सहिद परिवारलाई रु दुई लाख ५० हजार प्रदान गर्ने

जनकपुर, ३ असोजः मधेस प्रदेश सरकारले जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुभएका प्रदेशमा स्थायी बसोबास रहेका सहिदका परिवारलाई राहतस्वरूप प्रतिपरिवार...

सम्बन्धित खबर

- Advertisement -neelambads