search

जिल्ला समन्वय समिति, पर्साका सभापति निरन्जन साह सोनारको पहलमा गण्डक नहरको सरसफाई

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ साउन ।

जिल्ला समन्वय समिति पर्साका सभापति निरन्जन साह सोनारको विशेष पहलमा नौतन, लक्ष्मनवा र भेडियाही जाने नहरको सफाई शुरू भएको छ ।

नहर सरसफाईपछि नहरको पानी भेडियाही र लक्षमनवासम्म पुग्ने र सो क्षेत्रका किसानहरुले आफ्नो खेतमा सिंचाइ गर्न पाउने भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको जिल्ला समन्वय समिति, पर्साले नारायणी सिंचाई व्यवस्थापन कार्यालय, बीरगंज, पर्सालाई नहर व्यवस्थित बनाई दिन पत्राचार गरेको थियो ।

नारायणी सिंचाई व्यवस्थापन कार्यालय, बीरगंज पर्साको ब्लक नं.–७ को एमएससी अन्तर्गत पर्ने प्रसौनी, गण्डक देखि दक्षिण र पूर्व शितलामाई मन्दिर सम्ममा प्रशस्तफोहर थुप्रेको र अत्यधिक मात्रामा झारपात उम्रेकोले पानी संचालन कार्य प्रभावकारी रूपमा हुन सकेका छैन । नहर सरसफाइ गर्न एक्साभेटर पठाई नहरलाई व्यवस्थित बनाई दिनुहुन जिल्ला समन्वय समिति, पर्साका सभापति सोनारले नारायणी सिंचाइलाई अनुरोध गरेको थियो ।

सोही अनुरोध बमोजिम गण्डक नहरको सरसफाइ भइरहेको र तीन दिनभित्र नौतन, लक्ष्मनवा र भेडियाही क्षेत्रत्रको गण्डक नहरमा पानी आइपुग्ने र त्यसपछि सो क्षेत्रत्रका किसानहरुले आफनो खेत सिंचाइ गर्न पाउने जनाइएको छ ।

Facebook Comments Box

ताजा खबर

वीरगंजको भाटभटेनीले गल्ती गरेको स्वीकार्यो

परवानीपुर,१९ कार्तिक । वीरगंजको भाटभटेनी सुपर मार्केक स्टोरले गल्ती भएको स्वीकार गरेको छ । केही दिन अघि वीरगंज–१४ गण्डकस्थित सञ्चालित...

सम्बन्धित खबर

- Advertisement -neelambads