परालको थुप्रोमा लुकाइएको अवस्थामा गाँजा बरामद

1200x150_1200x150-01.jpg (1)
वीरगंज, १६ साउन । पर्सा जिल्लाको पकहाँ मैनपुर गाउँपालिका वडा नम्बर २ सुर्जाहाबाट प्रहरीले ४० किलो गाँजा बरामद गरेको छ । परालभित्र लुकाएर राखिएको अवस्थामा प्रहरीले ४० केजी गाँजा बरामद गरेको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जनाएका छन् । शुक्रवार दिउँसो परालधनीले पराल निकाल्ने क्रममा परालको थुप्रोभित्र गाँजाको तीन वटा पोका देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय पोखरियाबाट गाँजा बरामद गरी अनुसन्धान गरिरहेको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः