search

सुबोध स्मृति पत्रकारिता पुरस्कार पत्रकार क्रान्ति साहलाई प्रदान गर्ने निर्णय

पढ्न छुटाउनुभयो ?

वीरगंज, १७ साउन/

प्रतीक प्रकाशन समूह प्रालिको शनिवार बसेको बैठकले यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार वीरगंजका पत्रकार क्रान्ति साहलाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतीक दैनिकको कार्यालयमा बसेको बैठकले स्व. सुबोध सिंहको स्मृतिमा स्थापना गरिएको ५१ हजार रुपैयाँ राशिको यो पुरस्कार साहलाई दिने निर्णय गरेको सम्पादक शत्रुघ्न नेपालले जानकारी दिए।

उनका अनुसार पुरस्कार आगामी भदौ १ गते प्रतीक दैनिकको ३९औं वार्षिकोत्सवको अवसरमा प्रदान गरिनेछ। स्व. सुबोध सिंहको निधनपछि सुरू गरिएको यो पुरस्कार पहिलो चरणमा फोटो पत्रकारलाई दिइन्थ्यो भने पछिल्लो चरणमा पत्रकारिताका विविध विधामा वितरण हुँदै आएको छ।

यसै अवसरमा १० हजार रुपैयाँ राशिको स्तम्भकार पुरस्कार प्रतीक दैनिकका नियमित स्तम्भकार ओमप्रकाश खनाललाई र १५ हजार राशिको संवाददाता पुरस्कार ग्रामीण संवाददाता प्रमोद यादवलाई प्रदान गर्ने निर्णय भएको छ।

त्यसैगरी, प्रतीक दैनिकमार्फत यस वर्षदेखि सुरू गरिएको स्व. चिरञ्जीवी कोइराला स्मृति पुरस्कार पत्रकार सूर्यनारायण विकलाई प्रदान गरिने निर्णय पनि बैठकले गरेको सम्पादक नेपालले जनाए। उक्त पुरस्कार राजेन्द्रप्रसाद कोइरालाले आफ्ना पिताको स्मृतिमा स्थापना गरेका हुन्।

बैठक समूहकी अध्यक्ष बिन्दु शर्माको अध्यक्षतामा बसेको थियो। बैठकमा प्रधानसम्पादक जगदीशप्रसाद शर्मा, व्यवस्थापक सम्पादक विकाश शर्मा, सम्पादक नेपाल, सहसम्पादक आरके पटेल, संवाददाता राधेश्याम पटेल, प्रमोद यादव, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनाललगायतको सहभागिता थियो।

Facebook Comments Box

ताजा खबर

भेटेरिनरीका कर्मचारीले गाँजा खाएको प्रकरण के हो ?

राधेश्याम पटेल वीरगंज, १८ कार्तिक ।  यही कार्तिक पहिलो साता पर्सामा एउटा भिडियो भाइरल भयो । सो भिडियोमा भेटेरिनरी अस्पताल...

सम्बन्धित खबर

- Advertisement -neelambads