search

spot_img
spot_img

कक्षा १२ को परीक्षामा को– को भए पर्सा जिल्ला टपर ?

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २० साउन। राष्ट्रिय परीक्षा बोर्डले सोमवार सार्वजनिक गरेको कक्षा १२ को नतिजा अनुसार अल्पाइन माध्यमिक विद्यालयका अमित कुशवाहा, नेशनल इन्फोटेक कलेजका हरिनारायण साह, लोरिसा कुँवर र इस्मिका चौरसिया  पर्सा जिल्ला टपर भएका छन् ।

अल्पाइन माविका अमित कुशवाहाले ३.८६ जिपिए, नेशनल इन्फोटेक कलेजका हरिनारायण साहले ३.८६, लोरिसा कुँवर र इस्मिका चौरसियाले  ३.७७  जिपिए ल्याएर पर्सा जिल्ला टपर भएका छन् ।

यसैगरी २०८१ र २०८२ लगातार दुई वर्ष जिल्ला टपर भएपछि अल्पाइन मावि  विद्यालयका सम्पूर्ण परिवार खुशी मनाउँदै छन्।

कक्षा १२ को परीक्षामा अल्पाइन माविका १३१ जना विद्यार्थीहरु उत्तीर्ण भएका थिए जसमध्ये १३ जना विद्यार्थीले ए प्लस जिपिए ल्याएका छन्। वीरगंज महानगरपालिका–११ दुर्गाटोलस्थित अल्पाइन माविले यस वर्षको कक्षा १२ को परीक्षामा ८९ प्रतिशत रिजल्ट ल्याएका विद्यालयका फाउन्डर विनोद उपाध्यायले जानकारी गराउनुभयो।

पर्सा जिल्ला टपर अमित कुशवाहाको सम्मानमा विद्यालयले बुधवार बिदा घोषणा गरेको छ।

राष्ट्रिय परीक्षा बोर्डले सोमवार कक्षा १२ को नतिजा प्रकाशित गरेको थियो। प्रकाशित नतिजा अनुसार देशभरिका नियमिततर्फ ६१ दशमलव १७ र आंशिकतर्फ ३६ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

गत वैशाख २१ गतेदेखि सञ्चालन गरिएको परीक्षामा नियमिततर्फ तीन लाख ९६ हजार ३४७ परीक्षार्थी सहभागी भएकामा दुर्ई लाख ४२ हजार ७६५ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्। यसमा ३८ दशमलव ८३ विद्यार्थीले ‘ननग्रेड’ प्राप्त गरेका बोर्डले जनाएको छ।

यस्तै, आंशिकतर्फ एक लाख १४ हजार ६४० विद्यार्थी सहभागी भएकामा ४१ हजार ८४० ले ग्रेड प्राप्त गरेका छन्। समग्रमा कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थीमध्ये दुर्ई लाख ८४ हजार ३०५ जनाले ग्रेड प्राप्त गरेका बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो। यस्तै, नियमिततर्फ ११ र आंशिकतर्फ छ गरी १७ जनाको परीक्षा रद्द गरिएको छ।

ननग्रेड आएका विद्यार्थीको ग्रेडवृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने बोर्डले जनाएको छ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

पर्सागढीमा हाकिम र वडा अध्यक्ष वीच हात हालाहाल

वीरगंज, ६ असोज । पर्साको पर्सागढी नगरपालिकाका हाकिम र वडा अध्यक्ष वीच हात हालाहाल भएको छ । नगरपालिकाका प्रमुख...

सम्बन्धित खबर

- Advertisement -neelambads