बिरगंजमा लघुवित्त शोषणविरुद्ध प्रदर्शन

पर्सा , मंसिर — १४ लघुवित्त तथा विभिन्न वित्तीय संस्थाबाट हुने अत्यधिक ब्याजदर, अवैध असुल–उसुली र ऋण चक्रब्याजजस्ता शोषणकारी गतिविधिविरुद्ध आइतबार बिरगंजमा विरोध प्रदर्शन गरिएको छ। लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति, पर्साको अगुवाइमा भएको प्रदर्शनपछि प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंक बिरगंज शाखाका प्रमुख सुशील पौडेललाई ज्ञापन पत्र बुझाएका छन । ज्ञापनमा उच्च ब्याज, दोहोरो–तेहोरो असुली, […]
कामबाट हटाएपछि चालकले बनाए म्यानेजरको हत्या योजना

वीरगंज , मंसिर – १७ बारामा पानी उद्योगका म्यानेजरको हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका –२२ मनियारीका २१ वर्षीय राजन कुमार राम र उनका साथी ३२ वर्षीय प्रमोदसाह तुरहा रहेका छन् । राजन उद्योगमा चालकका रूपमा काम गर्दै आएका व्यक्ति हुन् । बाराको प्रसौनी गाउँपालिका–६ भलुही चोकस्थित किरण […]
नेपाल–भारत मैत्रीको प्रतीक मितेरीपुलमा संयुक्त सरसफाइ र वृक्षारोपण अभियान सम्पन्न

वीरगंज , मंसिर – १४ बिरगंज–रक्सौल जोड्ने ऐतिहासिक मितेरीपुल क्षेत्रमा आज नेपाल–भारत मित्रता सुदृढ गर्ने उद्देश्यसहित संयुक्त सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । बिरगंज महानगरपालिकाको आयोजनामा, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला प्रहरी कार्यालय पर्सा, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र भारतीय सुरक्षा बल—एसएसबी ४७ बटालियनको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो […]
औषधि व्यवसायीको वीरगंजमा चौथो दिन पनि धर्ना जारी

वीरगंज, मंसिर १४ / औषधि ऐन, २०३५ को दफा ११ को उपदफा ५ मा गरिएको संशोधन खारेज गर्नुपर्ने मागसहित वीरगंजका औषधि व्यवसायीले लगातार चौथो दिन धर्ना जारी राखेका छन् । नेपाल औषधि व्यवसायी संघको नेतृत्वमा व्यवसायीहरू आज पनि औषधि व्यवस्था विभागको क्षेत्रीय कार्यालय वीरगंजको मुख्यद्वार अगाडि दुई घण्टासम्म धर्नामा बसे । उनीहरूले हातमा प्लेकार्ड बोकी […]
यादवको अध्यक्षतामा पर्सामा ‘शिक्षा पत्रकार समूह’ गठन

वीरगंज , मंसिर – १३ पर्सामा शनिबार ‘शिक्षा पत्रकार समूह’ गठन गरिएको छ। नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजित समारोहमा महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले प्रमोद यादवको अध्यक्षतामा नयाँ समिति घोषणा गरे। नवगठित समूहमा उपाध्यक्ष राजेन्द्र सिंह नेपाली, सचिव माधुरी महतो, सहसचिव बलिराम यादव र कोषाध्यक्ष राजकुमारी यादव चयन भएको छ। सदस्यमा आंशु सर्राफ, विनोद […]
उपचारका नाममा विदेशिएका वडाध्यक्ष २७ महिनादेखि बेपत्ता

वीरगंज , मंसिर – १३ पुतलीबजार नगरपालिका–४ का वडाध्यक्ष शिवबहादुर थापा स्वास्थ्य उपचारका लागि बाहिर गएको भन्दै २७ महिनादेखि सम्पर्कविहीन बनेका छन्। २०८० भदौ १५ मा कार्यवाहक वडाध्यक्षको जिम्मेवारी वडा सदस्य लिलावती पौडेललाई हस्तान्तरण गरेर थापा बाहिरिएका थिए। थापाले ‘उपचारका कारण दैनन्दिन रूपमा उपस्थित हुन नसकिने’ भन्दै जिम्मेवारी प्रत्यायोजन गर्नू पर्ने उल्लेखसहित चलानी नं १६७ […]
बारा हत्या प्रकरण : १८ घण्टामै दुई अभियुक्त पक्राउ

वीरगंज , मंसिर – १३ बाराबाट खटिएको प्रहरीको विशेष टोलीले बाराको प्रसौनी गाउँपालिका–६ मा किरण वेभरेज प्रालिका प्रबन्धक रामकिशोर सिंहको हत्या प्रकरणमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । बिहीबार राति धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न मानिएका अभियुक्तहरू फरार रहे पनि प्रहरीले १८ घण्टाभित्रै नियन्त्रणमा लिन सफल भएको हो। जिल्ला प्रहरी कार्यालय […]
पर्सामा श्रोत नखुलेको रकमसहित एक भारतीय पक्राउ

पर्सा , मंसिर – १२ जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार बिहान श्रोत नखुलेको हुण्डी रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको विहारस्थित मोतीहारी थाना रक्सौल वडा नं. १ बस्ने ५३ वर्षीय सुरेन्द्र साह रहेका छन्। प्रहरीका अनुसार साह मधेश प्रदेश ०३-०२५ प ९८०७ नम्बरको मोटरसाइकलमा नेपाल आउँदै थिए। उनलाई वीरगञ्ज महानगरपालिका–१६, रजतजयन्ती […]
हेटौंडामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

वीरगंज , मंसिर – १२ पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४, कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । पशुपतिनगरबाट हेटौंडा बजारतर्फ जाँदै गरेको ना ३८ प ५८५० नम्बरको मोटरसाइकलले गएराति ठक्कर दिँदा पर्सा वीरगञ्ज–१६ नागुवा घर भई हेटौंडा–१० मा डेरा गरी बस्ने ५५ वर्षीया खुइली डोम गम्भीर घाइते भएकी थिइन् । जिल्ला प्रहरी […]
बारा प्रहरीले मध्यराति रोक्यो चिनियाँ–मुस्लिम बालविवाह, ३ जना पक्राउ

वीरगंज , मंसिर – ११ बाराको करैयामाई गाउँपालिका–१, हरैयाबाट प्रहरीले चिनियाँ नागरिक र मुस्लिम समुदायकी नेपाली नाबालिग बालिकाबीचको विवाह रोकेको छ । बुधवार मध्यराति विवाह गराउने क्रममा प्रहरीले बेहुला–बेहुली र बेहुलीका बाबुलाई नियन्त्रणमा लिएको हो। प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कलैयामा राखी थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धान अनुसार चिनियाँ नागरिकसँग […]