हेटौंडामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

वीरगंज , मंसिर – १२ पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४, कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । पशुपतिनगरबाट हेटौंडा बजारतर्फ जाँदै गरेको ना ३८ प ५८५० नम्बरको मोटरसाइकलले गएराति ठक्कर दिँदा पर्सा वीरगञ्ज–१६ नागुवा घर भई हेटौंडा–१० मा डेरा गरी बस्ने ५५ वर्षीया खुइली डोम गम्भीर घाइते भएकी थिइन् । जिल्ला प्रहरी […]
बारा प्रहरीले मध्यराति रोक्यो चिनियाँ–मुस्लिम बालविवाह, ३ जना पक्राउ

वीरगंज , मंसिर – ११ बाराको करैयामाई गाउँपालिका–१, हरैयाबाट प्रहरीले चिनियाँ नागरिक र मुस्लिम समुदायकी नेपाली नाबालिग बालिकाबीचको विवाह रोकेको छ । बुधवार मध्यराति विवाह गराउने क्रममा प्रहरीले बेहुला–बेहुली र बेहुलीका बाबुलाई नियन्त्रणमा लिएको हो। प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कलैयामा राखी थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धान अनुसार चिनियाँ नागरिकसँग […]
बिरगंज–रक्सौल सीमाक्षेत्रमा वृक्षारोपण

वीरगंज , मंसिर – १० बिरगंज–रक्सौल सीमाक्षेत्रलाई हरियाली, स्वच्छता र आकर्षक रूपले विकास गर्ने उद्देश्यसहित मितेरी पुल आसपास बुधबार वृक्षारोपण गरिएको छ । बीरगंज महानगरपालिकाको पहल तथा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको सहकार्यमा वृहत वृक्षारोपण गरिएको हो । ग्रीन सिटी सामुदायिक […]
सर्वोच्च अदालतमा आगजनी गरेको आरोपमा पूर्व स्ववियू सभापति ढुंगेल पक्राउ

वीरगंज , मंसिर – १० सर्वोच्च अदालतमा आगजनी भएको घटनामा संलग्नता रहेको आरोपमा नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापति तथा पूर्व माओवादी नेता विष्णु ढुंगेललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले नियन्त्रणमा लिएको हो। ढुंगेलले जेन–जी आन्दोलनको क्रममा सर्वोच्च अदालतमा आगो लगाउन निर्देशन दिएको आशंकामा अनुसन्धान अघि बढाइएको छ। […]
चितवनमा जेनजी आन्दोलनको क्रममा तोडफोड, आगजनी र लुटपाट गर्ने ४३ जनापक्राउ

वीरगंज , मंसिर – १० चितवनमा जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न ४३ जनालाई प्रहरीले पक्राउ गरी कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पक्राउ परेकामाथि आपराधिक उपद्रव, चोरी, अभद्र व्यवहार र लागुऔषधसम्बन्धी मुद्दामा कारबाही गरिएको छ । उनीहरूलाई थप अनुसन्धानका लागि म्याद थप गरेर कारबाही अघि […]
पर्सामा १५ हजार भन्दा बढी नयाँ मतदाता थपिए

वीरगंज , मंसिर – १० ?आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा जिल्लामा १५ हजार ४५ जना नयाँ मतदाता थपिएका छन् । असोज १० देखि मंसिर ५ गतेसम्म चलाइएको मतदाता नामावली अद्यावधिक अभियानमार्फत नयाँ मतदाता दर्ता गरिएको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख अनामिका रौनियारले जानकारी दिइन्। उनका अनुसार दर्ता भएका नयाँ मतदातामध्ये […]
रौतहटमा २५ वर्षीया महिलाको विभत्स हत्या

वीरगंज , मंसिर – ९ रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा २५ वर्षीया तरीमा खातुनको परिवारकै सदस्यको मिलेमतोमा हत्या गरिएको खुलासा भएको छ । सोमबार राति आफ्नै घरको भुसारेमा खाडल खनी गाडिएको अवस्थामा उनको शव प्रहरीले फेला पारेको हो । मृतकका पति शेख आदिल साउदी अरबमा रहेका बेला परिवारका सदस्यहरू फरार भएका छन् । उनीहरूले डेढ वर्षीय […]
बारामा कम्पाइन मेसिनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज , मंसिर – ९ बारामा धान दाइँ गर्ने कम्पाइन मेसिनले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रौतहटको मौलापुर नगरपालिका–३ गम्हरिया गाउँका २२ वर्षीय रुपेश साह सोनार रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटना सोमबार राति महागढीमाई नगरपालिका बरियार इनर्वा चोक नजिकैको […]
वीरगंजका दुई कार्यालयका २६ जना करार कर्मचारी हटाइएपछि सेवा प्रभावित

राधेश्याम पटेल वीरगंज, ९ मंसिर । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सरकारको निर्णयविपरीत करारमा खटेका वीरगंजका दुई कार्यालयका २६ जनालाई अवकाश दिएपछि ती कार्यालयका कामहरू अहिले प्रभावित भएका छन्। मन्त्रिपरिषद्को निर्णय अनुसार करारमा कार्यरत कर्मचारीहरूलाई अवकाश दिन जिल्ला प्रशासन कार्यालयहरूमा पत्राचार भएको थियो। सोही अनुसार प्रजिअ दाहालले गत मङ्गलवार भूमिसुधार तथा मालपोत कार्यालय पर्साका […]
विद्यालयलाई डेस्क–बेन्च हस्तान्तरण

वीरगञ्ज, ८ मंसिर। वीरगञ्ज महानगरपालिका–३०, लालपर्सास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई जनमत पार्टी पर्साले चार थान डेस्क–बेन्च उपलब्ध गराएको छ। लोककल्याणकारी अभियान अन्तर्गत विद्यालयमा देखिएको आवश्यकतालाई ध्यानमा राखेर अध्यक्ष ओमप्रकाश सर्राफको पहलमा डेस्क–बेन्च हस्तान्तरण गरिएको हो। स्कुल व्यवस्थापन समिति अध्यक्ष ध्रुप महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, क्षेत्रीय संयोजक डा. मनोज […]