पर्सामा मानसिक अवस्था कमजोर पुरुषको मानवसेवा आश्रमद्वारा उद्धार

वीरगंज , मंसिर – १५ पर्साको बिरगंज महानगरपालिका– २५ अन्तर्गत बहुवरी ड्राइपोर्ट चोकबाट मानसिक अवस्था कमजोर रहेका एक पुरुषलाई मानवसेवा आश्रम वीरगंज शाखाले सोमबार उद्धार गरेको छ । आज सोमबार दिउँसो आश्रमको टोलीले अन्दाजी ३५ वर्ष उमेरका ती पुरुषलाई उद्धार गरी सुरक्षित रूपमा आश्रममा पूर्याएको छ । उद्धार गरिएको व्यक्तिले आफ्नो नाम–थर खुलाउन सकेका छैनन् […]
रोटरी क्लब र नेपाल आराधना समाजद्वारा न्यानो कम्बल वितरण

वीरगंज , मंसिर – १५ विश्व एड्स दिवसका अवसरमा नेपाल आराधना समाज र रोटरी क्लब अफ बिरगंज मेट्रोपोलिसको संयुक्त आयोजनामा एचआईभी प्रभावित तथा आर्थिक रूपमा कमजोर रहेकालाई कम्बल वितरण गरेको छ । चिसो मौसमलाई मध्यनजर गर्दै न्यानो कम्बल वितरण गरिएको रोटरी क्लबका अध्यक्ष रोटेरियन संजय जोशीले बताए । नेपाल आराधना समाजकी अध्यक्ष बहिनी दीपाले न्यानो […]
इन्टर कलेज वाद–विवाद प्रतियोगितामा यादव र सर्राफ फाइनलका लागि छनोट

बिरगंज मंसिर – १४ लायन्स क्लब बिरगंज परिवारअन्तर्गतका विभिन्न क्लबसँगको संयुक्त आयोजनामा जारी इन्टर कलेज वाद–विवाद प्रतियोगिताको पाँचौँ छनोट चरण आज ज्ञान्दा एकाडेमी +2, बिरगंजमा सम्पन्न भएको छ । दस कलेज सहभागी प्रतियोगितामा आज ४ महिला र ४ पुरुष गरी ८ विद्यार्थीले “डिजिटल युगमा सामाजिक सञ्जाल युवावर्गमा प्रेरणा कि मानसिक तनाव?” विषयमा तर्क–वितर्क प्रस्तुत गरेका […]
एकता युवा क्लबद्वारा सवारी दुर्घटना रोकथामबारे जनजागरण कार्यक्रम सम्पन्न

वीरगंज , मंसिर — १४ वीरगंज–२४, रामगढवामा एकता युवा क्लबले सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरणबारे जागरण कार्यक्रम सम्पन्न गरेको छ। क्लबको आयोजनामा र जिल्ला ट्राफिक कार्यालय पर्साको प्राविधिक सहकार्यमा भएको कार्यक्रममा सडक सुरक्षा, सुरक्षित ड्राइभिङ, ट्राफिक नियम पालनासहित दुर्घटना घटाउने उपायहरूबारे प्रशिक्षण प्रदान गरिएको थियो। वक्ताहरूले पछिल्लो समय दुर्घटना बढ्नुमा तीव्र गति, नियम उल्लङ्घन, हेल्मेट–सीटबेल्ट […]
बिरगंजमा लघुवित्त शोषणविरुद्ध प्रदर्शन

पर्सा , मंसिर — १४ लघुवित्त तथा विभिन्न वित्तीय संस्थाबाट हुने अत्यधिक ब्याजदर, अवैध असुल–उसुली र ऋण चक्रब्याजजस्ता शोषणकारी गतिविधिविरुद्ध आइतबार बिरगंजमा विरोध प्रदर्शन गरिएको छ। लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति, पर्साको अगुवाइमा भएको प्रदर्शनपछि प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंक बिरगंज शाखाका प्रमुख सुशील पौडेललाई ज्ञापन पत्र बुझाएका छन । ज्ञापनमा उच्च ब्याज, दोहोरो–तेहोरो असुली, […]
कामबाट हटाएपछि चालकले बनाए म्यानेजरको हत्या योजना

वीरगंज , मंसिर – १७ बारामा पानी उद्योगका म्यानेजरको हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका –२२ मनियारीका २१ वर्षीय राजन कुमार राम र उनका साथी ३२ वर्षीय प्रमोदसाह तुरहा रहेका छन् । राजन उद्योगमा चालकका रूपमा काम गर्दै आएका व्यक्ति हुन् । बाराको प्रसौनी गाउँपालिका–६ भलुही चोकस्थित किरण […]
नेपाल–भारत मैत्रीको प्रतीक मितेरीपुलमा संयुक्त सरसफाइ र वृक्षारोपण अभियान सम्पन्न

वीरगंज , मंसिर – १४ बिरगंज–रक्सौल जोड्ने ऐतिहासिक मितेरीपुल क्षेत्रमा आज नेपाल–भारत मित्रता सुदृढ गर्ने उद्देश्यसहित संयुक्त सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । बिरगंज महानगरपालिकाको आयोजनामा, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला प्रहरी कार्यालय पर्सा, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र भारतीय सुरक्षा बल—एसएसबी ४७ बटालियनको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो […]
औषधि व्यवसायीको वीरगंजमा चौथो दिन पनि धर्ना जारी

वीरगंज, मंसिर १४ / औषधि ऐन, २०३५ को दफा ११ को उपदफा ५ मा गरिएको संशोधन खारेज गर्नुपर्ने मागसहित वीरगंजका औषधि व्यवसायीले लगातार चौथो दिन धर्ना जारी राखेका छन् । नेपाल औषधि व्यवसायी संघको नेतृत्वमा व्यवसायीहरू आज पनि औषधि व्यवस्था विभागको क्षेत्रीय कार्यालय वीरगंजको मुख्यद्वार अगाडि दुई घण्टासम्म धर्नामा बसे । उनीहरूले हातमा प्लेकार्ड बोकी […]
यादवको अध्यक्षतामा पर्सामा ‘शिक्षा पत्रकार समूह’ गठन

वीरगंज , मंसिर – १३ पर्सामा शनिबार ‘शिक्षा पत्रकार समूह’ गठन गरिएको छ। नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजित समारोहमा महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले प्रमोद यादवको अध्यक्षतामा नयाँ समिति घोषणा गरे। नवगठित समूहमा उपाध्यक्ष राजेन्द्र सिंह नेपाली, सचिव माधुरी महतो, सहसचिव बलिराम यादव र कोषाध्यक्ष राजकुमारी यादव चयन भएको छ। सदस्यमा आंशु सर्राफ, विनोद […]
उपचारका नाममा विदेशिएका वडाध्यक्ष २७ महिनादेखि बेपत्ता

वीरगंज , मंसिर – १३ पुतलीबजार नगरपालिका–४ का वडाध्यक्ष शिवबहादुर थापा स्वास्थ्य उपचारका लागि बाहिर गएको भन्दै २७ महिनादेखि सम्पर्कविहीन बनेका छन्। २०८० भदौ १५ मा कार्यवाहक वडाध्यक्षको जिम्मेवारी वडा सदस्य लिलावती पौडेललाई हस्तान्तरण गरेर थापा बाहिरिएका थिए। थापाले ‘उपचारका कारण दैनन्दिन रूपमा उपस्थित हुन नसकिने’ भन्दै जिम्मेवारी प्रत्यायोजन गर्नू पर्ने उल्लेखसहित चलानी नं १६७ […]