बारा हत्या प्रकरण : १८ घण्टामै दुई अभियुक्त पक्राउ

वीरगंज , मंसिर – १३ बाराबाट खटिएको प्रहरीको विशेष टोलीले बाराको प्रसौनी गाउँपालिका–६ मा किरण वेभरेज प्रालिका प्रबन्धक रामकिशोर सिंहको हत्या प्रकरणमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । बिहीबार राति धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न मानिएका अभियुक्तहरू फरार रहे पनि प्रहरीले १८ घण्टाभित्रै नियन्त्रणमा लिन सफल भएको हो। जिल्ला प्रहरी कार्यालय […]
पर्सामा श्रोत नखुलेको रकमसहित एक भारतीय पक्राउ

पर्सा , मंसिर – १२ जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार बिहान श्रोत नखुलेको हुण्डी रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको विहारस्थित मोतीहारी थाना रक्सौल वडा नं. १ बस्ने ५३ वर्षीय सुरेन्द्र साह रहेका छन्। प्रहरीका अनुसार साह मधेश प्रदेश ०३-०२५ प ९८०७ नम्बरको मोटरसाइकलमा नेपाल आउँदै थिए। उनलाई वीरगञ्ज महानगरपालिका–१६, रजतजयन्ती […]
हेटौंडामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

वीरगंज , मंसिर – १२ पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४, कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । पशुपतिनगरबाट हेटौंडा बजारतर्फ जाँदै गरेको ना ३८ प ५८५० नम्बरको मोटरसाइकलले गएराति ठक्कर दिँदा पर्सा वीरगञ्ज–१६ नागुवा घर भई हेटौंडा–१० मा डेरा गरी बस्ने ५५ वर्षीया खुइली डोम गम्भीर घाइते भएकी थिइन् । जिल्ला प्रहरी […]
बारा प्रहरीले मध्यराति रोक्यो चिनियाँ–मुस्लिम बालविवाह, ३ जना पक्राउ

वीरगंज , मंसिर – ११ बाराको करैयामाई गाउँपालिका–१, हरैयाबाट प्रहरीले चिनियाँ नागरिक र मुस्लिम समुदायकी नेपाली नाबालिग बालिकाबीचको विवाह रोकेको छ । बुधवार मध्यराति विवाह गराउने क्रममा प्रहरीले बेहुला–बेहुली र बेहुलीका बाबुलाई नियन्त्रणमा लिएको हो। प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कलैयामा राखी थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धान अनुसार चिनियाँ नागरिकसँग […]
बिरगंज–रक्सौल सीमाक्षेत्रमा वृक्षारोपण

वीरगंज , मंसिर – १० बिरगंज–रक्सौल सीमाक्षेत्रलाई हरियाली, स्वच्छता र आकर्षक रूपले विकास गर्ने उद्देश्यसहित मितेरी पुल आसपास बुधबार वृक्षारोपण गरिएको छ । बीरगंज महानगरपालिकाको पहल तथा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको सहकार्यमा वृहत वृक्षारोपण गरिएको हो । ग्रीन सिटी सामुदायिक […]
सर्वोच्च अदालतमा आगजनी गरेको आरोपमा पूर्व स्ववियू सभापति ढुंगेल पक्राउ

वीरगंज , मंसिर – १० सर्वोच्च अदालतमा आगजनी भएको घटनामा संलग्नता रहेको आरोपमा नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापति तथा पूर्व माओवादी नेता विष्णु ढुंगेललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले नियन्त्रणमा लिएको हो। ढुंगेलले जेन–जी आन्दोलनको क्रममा सर्वोच्च अदालतमा आगो लगाउन निर्देशन दिएको आशंकामा अनुसन्धान अघि बढाइएको छ। […]
चितवनमा जेनजी आन्दोलनको क्रममा तोडफोड, आगजनी र लुटपाट गर्ने ४३ जनापक्राउ

वीरगंज , मंसिर – १० चितवनमा जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न ४३ जनालाई प्रहरीले पक्राउ गरी कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पक्राउ परेकामाथि आपराधिक उपद्रव, चोरी, अभद्र व्यवहार र लागुऔषधसम्बन्धी मुद्दामा कारबाही गरिएको छ । उनीहरूलाई थप अनुसन्धानका लागि म्याद थप गरेर कारबाही अघि […]
पर्सामा १५ हजार भन्दा बढी नयाँ मतदाता थपिए

वीरगंज , मंसिर – १० ?आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा जिल्लामा १५ हजार ४५ जना नयाँ मतदाता थपिएका छन् । असोज १० देखि मंसिर ५ गतेसम्म चलाइएको मतदाता नामावली अद्यावधिक अभियानमार्फत नयाँ मतदाता दर्ता गरिएको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख अनामिका रौनियारले जानकारी दिइन्। उनका अनुसार दर्ता भएका नयाँ मतदातामध्ये […]
रौतहटमा २५ वर्षीया महिलाको विभत्स हत्या

वीरगंज , मंसिर – ९ रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा २५ वर्षीया तरीमा खातुनको परिवारकै सदस्यको मिलेमतोमा हत्या गरिएको खुलासा भएको छ । सोमबार राति आफ्नै घरको भुसारेमा खाडल खनी गाडिएको अवस्थामा उनको शव प्रहरीले फेला पारेको हो । मृतकका पति शेख आदिल साउदी अरबमा रहेका बेला परिवारका सदस्यहरू फरार भएका छन् । उनीहरूले डेढ वर्षीय […]
बारामा कम्पाइन मेसिनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज , मंसिर – ९ बारामा धान दाइँ गर्ने कम्पाइन मेसिनले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रौतहटको मौलापुर नगरपालिका–३ गम्हरिया गाउँका २२ वर्षीय रुपेश साह सोनार रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटना सोमबार राति महागढीमाई नगरपालिका बरियार इनर्वा चोक नजिकैको […]