बारामा कम्पाइन मेसिनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज , मंसिर – ९ बारामा धान दाइँ गर्ने कम्पाइन मेसिनले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रौतहटको मौलापुर नगरपालिका–३ गम्हरिया गाउँका २२ वर्षीय रुपेश साह सोनार रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटना सोमबार राति महागढीमाई नगरपालिका बरियार इनर्वा चोक नजिकैको […]
वीरगंजका दुई कार्यालयका २६ जना करार कर्मचारी हटाइएपछि सेवा प्रभावित

राधेश्याम पटेल वीरगंज, ९ मंसिर । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सरकारको निर्णयविपरीत करारमा खटेका वीरगंजका दुई कार्यालयका २६ जनालाई अवकाश दिएपछि ती कार्यालयका कामहरू अहिले प्रभावित भएका छन्। मन्त्रिपरिषद्को निर्णय अनुसार करारमा कार्यरत कर्मचारीहरूलाई अवकाश दिन जिल्ला प्रशासन कार्यालयहरूमा पत्राचार भएको थियो। सोही अनुसार प्रजिअ दाहालले गत मङ्गलवार भूमिसुधार तथा मालपोत कार्यालय पर्साका […]
विद्यालयलाई डेस्क–बेन्च हस्तान्तरण

वीरगञ्ज, ८ मंसिर। वीरगञ्ज महानगरपालिका–३०, लालपर्सास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई जनमत पार्टी पर्साले चार थान डेस्क–बेन्च उपलब्ध गराएको छ। लोककल्याणकारी अभियान अन्तर्गत विद्यालयमा देखिएको आवश्यकतालाई ध्यानमा राखेर अध्यक्ष ओमप्रकाश सर्राफको पहलमा डेस्क–बेन्च हस्तान्तरण गरिएको हो। स्कुल व्यवस्थापन समिति अध्यक्ष ध्रुप महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, क्षेत्रीय संयोजक डा. मनोज […]
रक्सौल–वीरगंज मितेरी पुल क्षेत्रमा वृक्षारोपण

वीरगंज , मंसिर – ७ वीरगंज महानगरपालिका–१६ स्थित रक्सौल–बीरगंज मितेरी पुल आसपासको हरियाली र सौन्दर्यकरणलाई थप प्रभावकारी बनाउन महानगरले सुरु गरेको सफाइ तथा वृक्षारोपण अभियान २२ दिनमा पुगेको छ । यही अभियानअन्तर्गत आज मेयर राजेशमान सिंहले वृक्षारोपण गर्दै हरियाली तथा स्वच्छता अभियानको औपचारिक शुभारम्भ गरेका हुन् । बढ्दो शहरीकरणबीच सीमाक्षेत्रमा वातावरणीय सन्तुलन कायम राख्ने, हरियाली […]
पर्सामा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालको नयाँ नेतृत्व चयन, वेदप्रकाश कुर्मी सभापति

वीरगंज , मंसिर – ६ सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल पर्साको सभापतिमा वेदप्रकाश कुर्मी सर्वसम्मत चयन भएका छन्। शनिबार वीरगन्जमा सम्पन्न तेस्रो अधिवेशनले कुर्मीलाई निर्विरोध रूपमा नेतृत्व दिएको हो। अधिवेशनले उपसभापतिमा हेमन्त पाण्डे, पप्पु गिरी, राजिव सर्राफ र फरियाद आलमलाई छानेको छ। त्यस्तै सचिवमा विकेश साह, सहसचिवमा सुरज चौधरी, दिलशाद इकबाल र प्रमानन्द पटेल तथा […]
सिमरामा जेन–जी प्रदर्शन स्थगित , राजमार्ग खुल्यो

वीरगंज , मंसिर – ४ बाराको सिमरा क्षेत्रमा जेन–जी युवा समूहले गरेको राजमार्ग अवरुद्ध प्रदर्शन बिहीबार स्थगित भएको छ । विगत दुई दिनदेखि जारी आन्दोलनका कारण वीरगञ्ज–पथलैया सडक खण्डमा यातायात ठप्प थियो । जेन–जी युवा कपिल खरेलका अनुसार प्रशासनसँग सहमतिअनुसार बिहीबारको कार्यक्रम रोकिएको हो । उनले भने, “प्रशासनले दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएको छ। भोलि […]
जेनजी प्रदर्शन नियन्त्रण गर्न प्रहरीद्वारा अश्रु ग्यास र हवाई फायर

वीरगंज , मंसिर – ४ बाराको सिमरामा उत्पन्न तनाव नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रु ग्यास प्रहार र दुई राउन्ड हवाई फायर गरेको छ । स्थानीय प्रशासनले जारी गरेको कर्फ्युको अवज्ञा गर्दै जेन–जी प्रदर्शनकारी सडकमा उत्रिएका थिए। बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङका अनुसार स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास र हवाई फायर प्रयोग गरिएको हो […]
जेनजीका २३ समूहले राष्ट्रपति पौडेललाई ५ बुँदे मागसहित बुझाए ज्ञापनपत्र

वीरगंज मंसिर – ४ विभिन्न नामका २३ जेनजी समूहले आज राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीको लागि संविधान संशोधनसमेत गरिनुपर्ने माग राखेका छन्। ज्ञापनपत्रमा उनीहरूले सरकारलाई दिशाहीन रहेको आरोप लगाउँदै विद्रोह र शहादत केवल अर्ली इलेक्सनका लागि नभएको र जेनजीका २३ एलाइन्स, घाइते तथा शहिद परिवारका माग तत्काल सम्बोधन गर्नुपर्ने उल्लेख गरेका छन्। […]
सिमरामा फेरि तनाव , प्रशासनद्वारा पुन कर्फ्यु जारी

वीरगंज , मंसिर – ४ बाराको जितपुरसिमरा उपमहानगरपालिकामा बिहीबार फेरि तनाव बढ्दा स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्म कर्फ्यु जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार सिमरा विमानस्थल र आसपासको क्षेत्रमा जनधनको क्षति हुन नदिन तथा स्थिति बिग्रन नदिन कर्फ्यु लागू गरिएको हो। कर्फ्युको क्षेत्रमा पथलैया चोकदेखि दक्षिण जीतपुर लल्का पुलसम्मको […]
मानव अधिकार आयोगद्वारा बारामा शान्ति सुरक्षा सुदृढ गर्न सरकारलाई निर्देशन

वीरगंज , मंसिर – ४ राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमरामा उत्पन्न अशान्तिपूर्ण परिस्थितिबारे गम्भीर ध्यानाकर्षण गर्दै नेपाल सरकारलाई स्थिति सामान्य बनाउन निर्देशन दिएको छ। आयोगले बुधबारदेखि सुरु भएको विवादको अनुगमन गर्दै सरकारसँग घाइतेहरूको प्रभावकारी उपचार, घटनाको छानबिन, शान्ति सुरक्षा मजबुत बनाउने र भविष्यमा यस्ता घटना दोहोरिन नदिन वातावरण तयार गर्न आग्रह गरेको छ। आयोगले […]