केपी ओली कपको फाइनलमा पुग्यो मधेश प्रदेश

वीरगंज यही मंसिर ७ गतेदेखि गण्डकी प्रदेशको पोखरामा जारी ‘केपी ओली कप’ क्रिकेट प्रतियोगिताको फाइनलमा मधेशप्रदेश प्रवेश गरेको छ । विहीवार सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मीले बागमतिलाई ४ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गर्याे भने दोस्रो सेमिफाइनलमा मधेशप्रदेशले सशस्त्र प्रहरीको टिमलाई ११ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पोखरा क्रिकेट मैदानमा सम्पन्न दोस्रो […]

असईको पेस्तोल फायरिङ हुदाँ जवान घाइते,असई बच्चा यादवलाई करवाही

महोत्तरी महोत्तरीस्थित प्रहरी चौकी हलखोरीका इन्चार्जले पेस्तोल चलाउँदा गोली लागेर एक प्रहरी जवान घाइते भएका छन् । प्रहरी सहायक निरीक्षक (असई) बच्चा यादवको पेस्तोल पड्किँदा गोली लागेर सप्तरी घर भएका जवान राजेशकुमार साह घाइते भएका हुन् । घटना गत कात्तिक ३० गते रातिको भए पनि भर्खरै मात्र सार्वजनिक भएको हो । यस्तो छ घटना कात्तिक […]

मधेशमा उत्कृष्ट सेवा दिने अस्पताल वीरगंज हेल्थकेयरलाई सम्मान

वीरगंज उत्कृष्ट सेवा दिएको भन्दै सामाजिक सुरक्षा कोषले वीरगंज हेल्थकेयर हस्पिटललाई सम्मानित गर्ने भएको छ । सामाजिक सुरक्षा कोषमा सुचीकृत भई संख्याको आधारमा उत्कृष्ट सेवा दिएको भन्दै वीरगंज हेल्थकेयर हस्पिटललाई सम्मानित गर्न लागिएको हो । मधेस प्रदेशमै उत्कृष्ट सेवा दिदैं आएको वीरगंज हेल्थकेयर हस्पिटललाई मंसिर ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोषका तर्फबाट सम्मानित गर्ने […]

मधेशमा छठको उल्लासःदुलहीझै सजाइदै छठघाटहरु

वीरगंज तराईमा गोबर्धन पुजापछि छठको रौनक शुरु हुन्छ । अहिले गाउँघरमा छठपर्वका गीत गुन्जिरहेको छ । छठपर्व नजिकिँदै गएपछि वीरगंजको विभिन्न नदि,पोखरी,तलाउलाई स्थानीयवासीको सहयोगमा विशेषरूपमा श्रृङ्गारिने काम भइरहेको छ । वीरगंजको रानीघाट,नगवा छपकैया,घडिअर्वा पोखरी लगायतको जलाशयहरुलाई सरसफाई गर्ने एवं सजाउने काम भइरहेको छ । प्रत्येक वर्ष छठ मनाउनेको सख््यामा वृद्धि भइरहेकाले छठपर्वका लागि आवश्यक पर्ने […]

प्रभु साहको पत्नी रिना साहको मेयरको पद जोगियो

गौर आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी रिना साहको मेयर पद तत्काललाई जोगिएको छ । रौतहटको मौलापुर नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेबाट निर्वाचित साहको पद तत्काल कायम राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले शुक्रवार साहलाई नगरपालिकाको प्रमुख पदमा रही यथावत् काम कारबाही गर्न दिनू भनी विपक्षीका […]

कालिकामाईमा एमालेको पार्टी प्रवेश

वीरगंज पर्साको कालिकामाई गाउपालिकामा नेकपा एमालेको पार्टी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले कालिकामाई गाउपालिका कमिटीले आयोजना गरेको तिहार ,छठको शुभकामना तथा पार्टी प्रपेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्इ अच्युत मैनालीले वर्तमान सरकार कुपोषण लागेको सरकार भएको बताउँदै यस सरकारबाट जनताले कुँनै आशा गर्न नहुँने बताए । माधव नेपाल, प्रचण्ड र […]

वीरगंजमा आसिफ र आरिफलाई सम्मान

वीरगंज हालै सम्पन्न टि–२० विश्वकप एसिया छनौटमा उत्कृष्ट प्रदर्शन गरेका नेपाल राष्ट्रिय क्रिकेट टिमका सदस्य आसिफ शेख र आरिफ शेखलाई वीरगंजमा सम्मान गरिएको छ । पर्सा क्रिकेट संंघले राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्वय आसिफ र आरिफलाई सम्मानित गरेको हो । आसिफ र आरिफ सहोदर दाजुभाईपनि हुन् । वीरगन्ज १३ मुर्लीका स्थायीबासी शेखद्वयले नेपाली राष्ट्रिय टिमबाट खलेर […]

वीरगंजमा लिंकरोडमा बिराट होटल एण्ड प्लाजा सञ्चालन

वीरगंज वीरगंजमा करिब पाँच करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न होटेल विराट एन्ड प्लाजा सञ्चालनमा आएको छ । वीरगंज महानगरपालिका–८ स्थित लिंकरोडमा नवनिर्मित ६ तल्ले भवनमा होटेल विराट एन्ड प्लाजा सञ्चालनमा आएको हो । लिङ्क रोडबाट जाने बाटोका चोकमै खुलेको होटेल पूर्ण वातानुकूलितता (फुल एसी) सहितका १० वटा स्वीट र पाँच वटा डिलक्स कोठा छन् । […]

एसिसी प्रिमियर कप क्रिकेट : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौँ, २ कात्तिक : एसिसी उन्नाईस वर्षमुनि (यू–१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरेबियालाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । मलेसियाको युएसडी–युकेएम ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा साउदी अरब १९ दशमवल १ ओभरमा सबै विकेट गुमाउँदै ४६ रनमा समेटियो । यो […]

चीनमा रहेका उपप्रधानमन्त्रीलाई सामान्यखाले हृदयघात

काठमाडौँ, २ कात्तिक : जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएपछि अस्पताल भर्ना हुनुभएको छ । बुधबार छातीमा समस्या देखिएपछि उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना हुनुभएको उहाँका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिनुभयो । उपप्रधानमन्त्री श्रेष्ठलाई सामान्य खालको हृदयाघात भएको बताइएको छ । उहाँको छातीमा स्टेन्ट राखिएको […]