जसपाको ३५ बुँदे मागसहित पर्सामा धर्ना, निर्वाचन क्षेत्र पुन : निर्धारणमा जोड

वीरगंज , मंसिर – २२ पर्सामा जनता समाजवादी पार्टी नेपालले समान जनसङ्ख्याका आधारमा संसदीय र प्रादेशिक निर्वाचन क्षेत्र पुनःनिर्धारण गर्नुपर्ने मागसहित आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म धर्ना दिएको छ। जसपा पर्साका अध्यक्ष रामनरेश यादवका अनुसार धर्नामा संविधान संशोधन, निर्वाचन प्रणालीको पुनरावलोकन र राज्य पुनःसंरचना उच्चस्तरीय आयोग–२०६८ को प्रतिवेदनअनुसार १०+१ […]

सुगौलीमा रेलवे बाइपास निर्माण गरिने, रक्सौलवासीले राहत पाउने

– राधेश्याम पटेल वीरगंज। भारतको सीमावर्ती शहर रक्सौलवासीले राहत पाउने भएका छन् । अब मोतिहारीबाट आउने रेलहरू इन्जिन नमोडी सिधै रक्सौल जान सक्ने छन् । रक्सौल पुग्न सुगौली स्टेशनमा रेलहरू मोड्ने झन्झट कम गर्न र समय बचत गर्न रेलवेले दुई किलोमिटर बाइपास निर्माण गर्ने आदेश दिएको छ। पूर्वी मध्य रेलवेले पनि समस्तीपुर डिभिजनको सिफारिसमा सहमति […]

जगरनाथपुरमा निःशुल्क आँखा शिविर सम्पन्न : ८१ जनामा मोतियाविन्दु फेला

वीरगंज , मंसिर – २२ पर्साको जगरनाथपुर गाउँपालिका–५ मदुवाहामा आइतबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । दाइजो तथा सामाजिक कुरीति विरुद्ध जागरण मञ्चको आयोजनामा र केडिया आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो । शिविरमा २७२ जनाको आँखा परीक्षण गर्दा ८१ जनामा मोतियाविन्दको लक्षण पाइएको अस्पताल स्रोतले जानकारी दिएको छ। […]

ग्रिनसिटीद्वारा जनचेतना कार्यक्रम सम्पन्न

वीरगंज , मंसिर – २२ ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत एकदिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लैङ्गिक हिंसा, महिला तथा बालिकाको सुरक्षा, कानुनी व्यवस्था र अपराध रोकथामका विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो ।

नाफिजको साधारणसभा तथा पुरस्कार वितरण समारोह सम्पन्न

वीरगंज , मंसिर – २२ क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार काठमाडौंमा नाफिजकी अध्यक्ष मेनुका कार्कीको अध्यक्षतामा र अर्थमन्त्री रामेश्वर खनालको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा नाफिजको वार्षिक जर्नल ‘अर्थचित्र’ विमोचन पनि गरिएको छ । जसमा सरकारले गठन गरेको उच्चस्तरीय […]

रक्सौलमा चरससहित वीरगंजका मेघराज साह पक्राउ

वीरगंज, मंसिर – २२ रक्सौल प्रहरीले एसएसबीको सहयोगमा करिब १० किलो चरससहित छ जना तस्करलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये वीरगंजका मेघराज साहलाई प्रहरीले यस सञ्जालको मुख्य मास्टरमाइन्डका रुपमा पहिचान गरेको छ। एसडीपीओ मनीष आनन्दका अनुसार नेपालबाट चरस लिएर रक्सौलतर्फ लैजाने तयारी भइरहेको गुप्त सूचना पाएपछि विशेष टोली परिचालन गरिएको थियो। जाँचका क्रममा आरजे […]

एनपिएलः कर्णालीद्वारा जनकपुर पराजित

काठमाडौँ, २१ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तरर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ । जितका लागि पाएको १३० रनको लक्ष्य पछ्याएको जनकपुरको पारी २० ओभरमा ६ विकेटको क्षतिमा १२६ रनमा समेटियो । कर्णाली याक्सका लागि इमरान शेखले सर्वाधिक ३३ रन बनाए । […]

समाचार वाचन प्रतियोगितामा माधव तिमिल्सिना प्रथम

वीरगंज २१ मंसिर । नारायणी एफएमको २०औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको समाचार वाचन प्रतियोगितामा माधव तिमल्सिनाले पहिलो स्थान हासिल गरेका छन् । प्रतियोगितामा लक्ष्मी खरेल द्वितीय र सुर्यनारायण विक तृतीय घोषित भएको नारायणी एफएमले जनाएको छ । प्रथम हुने तिमल्सिनाले नगद २० हजार, खरेलले १५ हजार तथा विकले १० हजार रुपियाँँ नगद पुरस्कार प्राप्त गरेका […]

रक्सौल–काठमाडौं रेलवे लाइन अन्तर्गत १३ वटा स्टेशन हुने

रक्सौल, २१ मंसिर । भारतको रक्सौलदेखि–काठमाडौं लिंक रेलवे लाइनको निर्माणको लागि जग्गा सर्वेक्षण कार्य यसै महिना सम्पन्न हुने भएको छ। रेल निर्माणको डीपीआर जनवरीमा तयार हुनेछ र लाइन बिछ्याउने टेन्डर जारी गरिने जनाइएको छ। कोंकण रेलवेले सर्वेक्षण कार्यको ८० प्रतिशत भन्दा बढी पूरा गरिसकेको छ । यसले यसै महिना परियोजना पूरा गर्नेछ र रेलवे बोर्डलाई […]

ने.ज.पा का नेता सन्तोषानन्द महाराजलाई ज्यान मार्ने धम्की

वीरगन्ज , मंसिर — २१ नेपाल जनता पार्टीका वरिष्ठ नेता सन्तोषानन्द महाराज (सन्तोष पटेल)ले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै घटना सार्वजनिक गरेका छन् । आइतबार वीरगन्ज–३ स्थित माइस्थान मन्दिर परिसरमा पत्रकार सम्मेलन गर्दै उनले नदिन अन्सारी नामका व्यक्तिले भिडियोमार्फत हत्या गर्ने चेतावनी दिएका बताए । महाराजका अनुसार आफू लामो समयदेखि हिन्दू समाजका धार्मिक तथा […]