वीरगज–१५ भेडीयाहीमा खेल मैदान निर्माण गर्ने– उपप्रमुख आलम

वीरगंज, २० मंसिर । वीरगंज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले वडा नं. १५ भेडीयाहीस्थित सार्वजनिक जग्गाको शनिवार निरीक्षण गरेका छन् । स्थानीय युवाहरूको माग अनुसार उक्त स्थललाई क्रिकेट खेल्न उपयुक्त मैदानका रूपमा विकास गर्ने उद्देश्यले निरीक्षण गरिएको उप–प्रमुख आलमले बताए । उनले युवालाई खेलकुदतर्फ आकर्षित गर्न तथा प्रतिभा निखार्न आवश्यक पूर्वाधार निर्माण गरिने बताए । उपप्रमुख […]

एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमाडौँ, २० मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा पोखरा एभेन्जर्सले एडम रोसिङटनको अर्धशतकको सहयोगमा चितवन राइनोजलाई आठ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा एक सय २१ रनको सामान्य लक्ष्य पोखराले १९ दशमलव ४ ओभरमा दुई विकेट गमाउँदै पूरा ग¥यो । पोखराको जीतमा रोसिङटनले ४८ बल खेल्ने क्रममा पाँच छक्का […]

कर्पाेरेट तथा वित्तीय संस्थाहरूबीच क्रिकेट प्रतियोगिता शुरु

वीरगंज २० मंसिर ।  लायन्स क्लब वीरगंज परिवार र वीरगंज स्पोट्र्स एकाडेमीको संयुक्त आयोजनामा शनिवारदेखि आदर्शनगर रंगशालामा छैठौं कर्पोरेट सुपर सिक्स क्रिकेट टुर्नामेन्ट–२०८२ शुरु भएको छ । नगरप्रमुख राजेशमान सिंहले उद्घाटन गरेको सो प्रतियोगिताको प्रारम्भिक चरण अन्तर्गत शनिवार १२ खेल सम्पन्न भएको थियो । बैंक, फाइनान्स तथा विभिन्न कर्पाेरेट संस्थाबाट २४ टिमले सहभागीता जनाएका छन् । […]

रेडियो वीरगंजको वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

वीरगंज २० मंसिर । रेडियो वीरगंजको २३औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रेडियो परिसरमा शनिवार आयोजित कार्यक्रममा २७ महिलासहित २०८ जनाले रक्तदान गरेको रेडियोका कार्यकारी अध्यक्ष साहले बताए । कार्यक्रममा समीर भट्टराई, कुन्दन साह तेली, विकेश कुमार पाल, संजोग श्रेष्ठ, चेतना कुमारी अधिकारी, सीता थापा, सुजिता उप्रेती, सागर यादव, शम्भु कुमार सुमन, सुमित्रा […]

जगरनाथपुर दोस्रो वडाध्यक्ष कप क्रिकेटको उपाधि ताम्भाश्रीले चुम्यो

वीरगंज  ।  वीरगज–२२ जगरनाथपुरमा आयोजित दोस्रो वडाध्यक्ष कप नकआउट क्रिकेट प्रतियोगिताको फाइनल उपाधि ताम्भाश्री लक्ष्मणवाले जितेको छ । मध्याह्न १२ बजेपछि जगरनाथपुरको खेल मैदानमा एसआरएसटी वीरगंज टीमविरुद्ध ठूलो अन्तरले १३९ रनले विजयी भएको हो। टस हारी पहिलो ब्याटिङ गरेको ताम्भाश्रीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २०३ रन बनाएको थियो । जसमा ताम्भाश्रीका महम्मद शरीफले १११ […]

डाक्टरी पेशा ठगी धन्दा बनेको छ–प्रथम राष्ट्रपति यादव

वीरगंज , मंसिर – २० गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले पवित्र सेवाको रुपमा चिनिने चिकित्सा (डाक्टरी) पेशा ठगी धन्दाको रुपमा विकसित हुदैँ गएको बताएका छन् । वीरगंज पावरहाउस नजिकै सञ्चालित दृष्टि आँखा अस्पताल तथा नाक,कान,घाँटी अस्पतालको नवनिर्मित भवन समुदाघटन एवं ११ औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै प्रथम राष्ट्रपति यादवले यस्तो […]

रास्वपा पर्साद्वारा RAT TEAM  गठन 

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले जिल्ला स्तरिय RAT (rapid action Team) गठन गरेको छ । रास्वपाले शनिवार कन्ट्री इन होटेलको सभाहलमा एक कार्यक्रमको आयोजना गरी पर्सा जिल्ला र्याट समिति गठन गरेको हो । कृष्णानन्द ओझाको नेतृत्वमा बनेको २२ सदस्यीय उक्त समितिको उपप्रमुखमा शिवराज पटेल, सचिवमा रोहन कुमार साह तेली,  सहसचिवमा सुनिल पटेल र […]

पोखरिया नगरपालिका–६ मा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

वीरगंज , मंसिर – २० पर्साको पोखरिया नगरपालिका–६ शिर्षिया टोलमा लायन्स क्लब बीरगंज परिवार, लायन्स क्लब बीरगंज सेन्ट्रल सिटि र जोन चेयर डा. लक्ष्मी थापाको सहयोगमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । राष्ट्रिय मुक्ति नेपालका सह-महासचिव नेजामुद्दीन शमानी र आशा देवीको पहलमा आयोजित स्वास्थ्य शिविरमा तिलगंगा आँखा प्रतिष्ठान र बीरगंज सामुदायिक अस्पतालका विशेषज्ञ […]

विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा तोड्यो

वीरगंज , मंसिर – २० नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै ६ खेलको अपराजित यात्रा तोड्यो। सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्योड। ओपनर फाफ डु प्लेसी र साम हिजलेटको आक्रमक अर्धशतकले टीमलाई सशक्त सुरुवात दिलायो। दुबैले पावरप्लेमा ८७ रनको साझेदारी गरे। […]

सुदूरपश्चिम रोयल्सद्वारा विराटनगर किंग्स सामु १४८ रनको लक्ष्य प्रस्तुत

वीरगंज , मंसिर – २० नेपाल प्रिमियर लिग (एनपीएल) २०८२ को दोस्रो संस्करणको २६औँ खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा शनिबारको खेलमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनायो। आरिफ शेखले ३२ बलमा ४५ रन अविजित बनाउँदै सर्वाधिक योगदान गरे। इशान पाण्डेले […]