राप्रपा सांसद कञ्चन बिच्छा प्रदेशसभा सदस्यबाट पदमुक्त

वीरगंज , मंसिर १९ मधेस प्रदेशसभामा समानुपातिकतर्फ निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन्। प्रदेशसभा सचिवालयले बिहीबार विज्ञप्ति जारी गर्दै बिच्छालाई सदस्य सूचीबाट हटाइएको जानकारी गराएको हो। राप्रपाले पार्टीको नीति विपरीत गतिविधि गरेको आरोप लगाउँदै उनलाई छ महिनाअघि साधारण सदस्यबाटै निलम्बन गरेको थियो। सोही निलम्बनको आधारमा केन्द्रीय कार्यसम्पादन समितिको निर्णय […]

हल्दियामा अडानीको भारु २९८ करोडको लगानी नेपालको लागि सेवासुविधा थपिंदै

– राधेश्याम पटेल वीरगंज । नेपालको सामान तेस्रो मुलुकसम्म आयात–निर्यात गर्न भारतले तीनवटा बन्दरगाहलाई ट्रान्जिट बन्दरगाहको रूपमा स्वीकृति दिएको छ । पश्चिम बङ्गालको कोलकाता र हल्दिया तथा आन्ध्रप्रदेशको विशाखापट्टनम (वाइजेग) बन्दरगाह हुन् । नेपालको तेस्रो मुलुकको व्यापार हेर्ने हो भने पहिले शतप्रतिशत कारोबार कोलकाता र हल्दिया भएर हुन्थ्यो भने करीब एक दशकदेखि वाइजेग भएर मालसामान […]

नेपालको मुख्य बजार भारत –नेपाली महावाणिज्यदूत आचार्य

– राधेश्याम पटेल नेपाली उत्पादन बिक्री वितरण र रोजगारको दृष्टिकोणले समेत भारत मुख्य बजार हो । हिजो पनि थियो, आज पनि छ र भोलि पनि नेपालको छिमेकी राष्ट्र भारत नै व्यापार, पर्यटन, रोजगारलगायतको दृष्टिकोणले मुख्य बजार भएको नेपाली महावाणिज्य दूतावास कोलकाताका अधिकारीहरूले बताएका छन् । कोलकाताका लागि नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्यका अनुसार अहिले दैनिक सयौं […]

सुदूरपश्चिम अपराजित यात्रा कायम राख्दै पहिलो क्वालिफायरमा, चितवन ४९ रनले पराजित

काठमाडौँ, १८ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायमै राख्दै पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै छ खेलमा सबैमा जीत निकाल्दै १२ अङ्क जोडेको छ । जीतका लागि १७० रनको लक्ष्य पछ्याएको चितवन राइनोज […]

भारतबाट नेपाल आउने क्रममा किशोरीसहित एकजना पक्राउ

वीरगंज, १८ मंसिर ।  भारतबाट नेपाल आउने क्रममा एकजना पुरुषसहित एकजना नाबालिग किशोरीकोमानव तस्करी रोधी इकाई तथा प्रयास जैक सोसाइटीको संयुक्त टोलीले उद्धार गरेको छ । मितेरी पुल नजिकै टोलीले जाँचका क्रममा एकजना पुरूष र बुर्का लगाएकी किशोरीलाई सोधपुछ गर्ने क्रममा शंका लागेपछि किशोरीको उद्धार गर्नुको साथै एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका युवकले […]

वीरगंजमा नगर प्रमुख र उपप्रमुखहरुको बैठक

वीरगंज, १८ मंसिर ।  देशभरका ६ वटा महानगरपालिका, उपमहानगर तथा नगरपालिकाका प्रमुख र उपप्रमुखहरूको सहभागीतामा वीरगंजमा सिटीनेट नेपाल नेशनल च्याप्टर (सीएनएनसी) को राष्ट्रिय बैठक सम्पन्न भएको छ। बैठकको उदघाटन सिटिनेट नेपालका राष्ट्रिय अध्यक्ष तथा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए । वीरगंज महानगरपालिकाले बिहीवार आयोजना गरेको बैठकमा शहरी विकास, […]

स्थायी बसोबासका लागि सङ्घर्ष गर्नेको कथामा आधारित ‘पिआर’

काठमाडौँ, १८ मङ्सिर : अस्ट्रेलियामा स्थायी बसोबासका लागि सङ्घर्ष गर्ने नेपालीको कथामा आधारित मनोरञ्जनात्मक एवं सन्देशमूलक चलचित्र ‘पिआर’ यही मङ्सिर २६ गतेदेखि हेर्न पाइने भएको छ । निर्देशक शोभित बस्नेतले निर्दशन गर्नुभएको सो चलचित्रले सुन्दर भविष्यको सपना बोकेर विदेश जाने नेपालीको सङ्घर्ष, भोगाइ र मेहनतलाई उजागर गर्न सक्दो प्रयास गरेको छ । सो चलचित्र निर्माणका […]

सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमबाट मधेसका ४०३ परिवार लाभान्वित

सर्लाही, १८ मङ्सिरः सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमबाट मधेसका ४०३ परिवार लाभान्वित भएका छन् । महिला, विपन्न र सीमान्तकृत समुदायको आर्थिक उपार्जनका लागि भन्दै एसियाली विकास बैंकको सहयोगमा मधेसका आठ जिल्लाका आठ पालिकामा सञ्चालित कार्यक्रमबाट ४०३ परिवार लाभान्वित भएका हुन् । आयोजना प्रमुख रणधीर पाठकका अनुसार अहिले मधेसका आठ जिल्लाका आठ पालिकामा उक्त कार्यक्रम सञ्चालन […]

वृक्षारोपण अभियानमा भारतीय महावाणिज्य दूतावासको सहभागिता

वीरगंज १८ मंसिर । वीरगंज महानगरपालिकाले बृहत वृक्षारोपण तथा हरियाली संरक्षण अभियान अन्तर्गत ३४औं दिन पनि सीमा क्षेत्रमा वृक्षारोपण तथा सौन्दर्यकरण कार्यक्रम गरेको छ । वीरगंज महानगरपालिका, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर पर्सा तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर–१०को संयुक्त सहकार्यमा भइरहेको अभियानमा आज वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका कन्सुलेट मनिष […]

मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु, शुक्रबारसम्म दाबी पेश गर्न आह्वान

मधेश , मंसिर – १७ मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले दाबी पेस गर्न आह्वान गरेका छन्। मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुखले संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत देखाउन सक्ने सदस्यलाई शुक्रबार साँझ ५ बजेसम्म दाबी पेस गर्न समय तोकिएकाे छ। आज […]