पर्सामा अनुदानको मल कालोबजारी, १५ बोरा डिएपी बरामद

वीरगंज , मंसिर २८ पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनबाट प्रहरीले कालोबजारीका लागि लैजाँदै गरिएको सरकारी अनुदानको डिएपी मल १५ बोरा नियन्त्रणमा लिएको छ । शनिवार रातो नम्बर प्लेटको ई–लोडरमा मल लोड गरी अवैध रूपमा गाउँतर्फ लैजाँदै गर्दा प्रहरी चौकी महुवनको टोलीले मल जफत गरेको हो । तर, मल बोकेको सवारी साधन र चालकलाई भने प्रहरीले […]
वीरगंजमा एक युवतीको शव झुण्डीएको अवस्थामा फेला : दुई जना पक्राउ

वीरगंज , मंसिर – २८ वीरगंज महानगरपालिका वडा नम्बर –१० स्थित पुरानो बसपार्क पछाडि रहेको त्रिशला रेस्टुराँमा कार्यरत एक युवती मृत अवस्थामा फेला परेकी छन्। रेस्टुराँमा वेटरका रूपमा काम गर्दै आएकी २० वर्षीया सुनिता स्यान्बो झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृतक सुनिता पर्सागढी नगरपालिका–३ झाब्रा टोलकी हुन्। उनी रेस्टुराँसँगै जोडिएको मारवाडी सेवा सङ्घद्वारा […]
बिपी उद्यानको तरकारी बजारमा चल्यो महानगरको डोजर

वीरगंज , मंसिर – २८ वीरगंज महानगरपालिकाले घण्टाघर नजिकको बिपी उद्यान पार्कमा वर्षौँदेखि सञ्चालन हुँदै आएको अस्थायी थोक तरकारी तथा फलफूल बजार भत्काएको छ । सार्वजनिक उद्यानलाई व्यवस्थित र हरित पार्कका रूपमा विकास गर्ने दीर्घकालीन योजनाअन्तर्गत डोजर प्रयोग गरी संरचना हटाइएको महानगरले जनाएको छ । महानगरका अनुसार वीरगञ्ज–२ छपकैयास्थित रेल्वे रोड छेउमा करोडौँ लगानीमा सुविधा […]
जनत पार्टी पर्साको बुथ कमिटी गठन

वीरगंंज , मंसिर – २७ जनमत पार्टी पर्सा क्षेत्र नम्बर १ को बुथ कमिटी गठन भएको छ । पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत वीरगंज महानगरपालिका–१८ सौरहामा आयोजित भेलाबाट स्थानीय नेता अशोक कुमार कानुको अध्यक्षतामा बुथ कमिटी गठन गरिएको हो । अभय शर्माको अध्यक्षतामा बुथस्तरीय युवा दस्ता गठन समेत गरिएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश […]
उज्ज्वलो नेपाल पार्टीको पर्सा जिल्ला संयोजकमा रामबाबु यादव नियुक्त

वीरगंज , मंसिर – २७ उज्ज्वलो नेपाल पार्टीले रामबाबु यादवलाई पर्सा जिल्लाको संयोजकमा नियुक्त गरेको छ। पार्टीका केन्द्रीय अध्यक्ष अनुप उपाध्यायको अध्यक्षतामा तथा पार्टी संरक्षक कुलमान घिसिङको उपस्थितिमा उनलाई नियुक्त गरिएको हो ।
पर्सामा पाँच महिनामै १३ करोडभन्दा बढीको अवैध सामान बरामद

वीरगंज , मंसिर – २७ सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको झण्डै पाँच महिनामै राजस्व चुहावट नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ । सशस्त्र प्रहरीले यस अवधिमा भारतीय सीमावर्ती बजारबाट भन्सार छली भित्र्याइएका १३ करोड ६२ लाख ७२ हजार ६९५ रुपैयाँ बराबरका अवैध वस्तु बरामद गरी […]
जेनजी र सरकारबीचको सम्झौता “कलाविहीन नाटक” हो : अध्यक्ष ओली

वीरगंज , मंसिर – २५ पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले हिजो जेनजी अगुवाहरूसँग गरेको सम्झौतालाई कलाविहीन नाटकको संज्ञा दिएका छन् । ओलीले हिजोको सम्झौता आफ्नो नजरमा कुनै वैधता नभएको उल्लेख गर्दै सरकारले त्यस्तो सम्झौता गर्न म्यान्डेट नभएको टिप्पणी गरे । सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले भने, “हिजोको एउटा कलाविहीन नाटक थियो। जति कलाविहीनताका साथ […]
इन्टर कलेज वाद–विवाद प्रतियोगितामा यादव र सर्राफ फाइनलका लागि छनोट

बिरगंज मंसिर – १४ लायन्स क्लब बिरगंज परिवारअन्तर्गतका विभिन्न क्लबसँगको संयुक्त आयोजनामा जारी इन्टर कलेज वाद–विवाद प्रतियोगिताको पाँचौँ छनोट चरण आज ज्ञान्दा एकाडेमी +2, बिरगंजमा सम्पन्न भएको छ । दस कलेज सहभागी प्रतियोगितामा आज ४ महिला र ४ पुरुष गरी ८ विद्यार्थीले “डिजिटल युगमा सामाजिक सञ्जाल युवावर्गमा प्रेरणा कि मानसिक तनाव?” विषयमा तर्क–वितर्क प्रस्तुत गरेका […]
फूलखेतीमै रमाएका कृषकहरु

तोलाकान्त बगाले वालिङ, १९ कात्तिकः केही वर्ष अघिसम्म विशेषगरी तिहारमा प्रयोग हुने सयपत्री फूल तथा माला अन्यत्रबाट आउने गथ्र्यो । फूल तथा माला खरिद गर्दा हुने आर्थिक पलायन पछिल्ला वर्षहरुमा जिल्लाभित्रै रहने गरेको छ । ठूला–ठूला सभासमारोह, धार्मिक कार्यहरु, विवाहलगायतमा प्रयोग गर्नका लागि जिल्ला बाहिरबाट फूल तथा माला ल्याउनुपर्ने बाध्यता पछिल्ला वर्षहरुमा न्यूनीकरण हुँदै गइरहेको […]
मध्यतराईमा अखण्ड अष्टयाम र लखराव यज्ञप्रति आकर्षण

रौतहट, १८ कात्तिकः तराई–मधेसका रौतहट, बारा, पर्सालगायत आसपासका क्षेत्रमा अखण्ड अष्टयाम र लखराव यज्ञजस्ता धार्मिक अनुष्ठानहरू लोकप्रिय बन्दै गएका छन् । पछिल्ला वर्षहरूमा विवाह, व्रतबन्ध, गृहप्रवेश, प्राणप्रतिष्ठा, यज्ञयज्ञाधिलगायतका शुभकार्यमा नाचगान, भोजभतेरसहित यस किसिमका धार्मिक अनुष्ठान गर्ने चलन बढ्दै गएको छ । मौलापुर नगरपालिका–४ का हरेकृष्ण तिवारीका अनुसार विशेषगरी माघदेखि असार महिनासम्म सूर्य उत्तरायणको समयमा गरिने […]