पर्सामा पुरुषकै नागरिकता बोक्छन् क्वेयर समुदाय

राधेश्याम पटेल वीरगंज, १९ मंसिर । नेपालको प्रवेशद्वार भनेर वीरगंजलाई चिनिन्छ । यो पर्सा जिल्लाको सदरमुकाम पनि हो । पर्सामा झन्डै चार हजार क्वेयर समुदाय बसोबास गर्दछन् । जसमध्ये ५०० जनामात्रै खुलेर सार्वजनिक रुपमा जीवनयापन गर्ने गरेका छन् भने ३५०० जना अहिले पनि खुल्न नसकेको क्वेयर समुदायको भनाइ छ । क्वेयर समुदायको हक अधिकारको लागि […]
वीरगंजमा उठयो क्वेयर समुदायलाई रोजगारी दिनुपर्ने माग

राधेश्याम पटेल,वीरगंज,१९ मंसिर लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका धारणा शब्दावलीबारे स्थानीय सरोकारवालाबीच वीरगंजमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ब्लु डायमन्ड सोसाइटी काठमाडौंको आयोजनमा गत विहिबार होटल वृन्दावनमा सो कार्यक्रम सम्पन्न भएको हो । सेभ द चिल्ड्रेनको सहयोगमा आयोजना भएको कार्यक्रमको नारा ‘लैङ्गिक पहिचान यौन अभिमुखीकरण र यौन विशेषतासम्बन्धी बुझाइ’ रहेको थियो । लैङ्गिक तथा […]
पाठ्यक्रमसम्बन्धी अभिमुखीकरण शुरू

परवानीपुर, १६ असार/ शिक्षा विकास तथा समन्वय एकाइ पर्साको आयोजनामा दुई दिने प्रावि तह ४ र ५ का पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयनसम्बन्धी अभिमुखीकरण गोष्ठी शुरू भएको छ। वीरगंजको चिनीमिलस्थित सिद्धार्थ माविमा आयोजित दुई दिने तालीमको उद्घाटन एकाइ शाखा अधिकृत श्यामकिशोर प्रसादले गरेका थिए। तालीममा वीरगंज महानगरपालिकाका प्रFवि विद्यालयका एक/एकजना शिक्षकको सहभागिता छ। त्रिभुवन माविका शिक्षक […]
एसइईमा पर्साको नतीजा ३४.४२ र वीरगंजमा ५४.७६ प्रतिशत

परवानीपुर, १६ असार/ पर्सा जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ३६.४२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जिल्ला शिक्षा समन्वय एकाइ, पर्साका प्रमुख मोतीप्रसाद भट्टराईले जानकारी दिएका छन्। उनले एसइईमा पर्साबाट कुल नौ हजार ५२१ जना विद्यार्थी सहभागी भएकामा तीन हजार ४६८ जना विद्यार्थीले कक्षा ११ पढ्न अध्ययन गर्न पाउने भएका छन्। एसइईको राष्ट्रिय परीक्षा नतीजा ४७.६७ भएकोले […]
किन स्कूल जाँदा रुन्छन् बालबालिका ?

काठमाडौं सधैं स्कुल गइरहेको बच्चा कहिलेकाहीं अचानक जान मान्दैनन् । स्कुल जान डराउने, रुने, कराउने, झगडा गर्ने गर्छन् । बालबालिकाको यस्तो जिद्दीको अगाडि अभिभावक पनि लाचार भएर उनीहरुको इच्छाअनुसार स्कुल पठाउँदैनन् । कहिलेकाहीं यस्तो अवस्था आएमा त गम्भीर नहोला । तर कतिपय अवस्थामा लामो समयसम्म पनि बालबालिका स्कुल जान मान्दैनन् । बच्चालाई सक्ल पठाउने अभिभावकको […]
पटेर्वासुगौलीमा कायापल्ट गर्ने योजनाको साकारात्मक नतिजा

विनोद यादव, पटेर्वासुगौली पर्साको पटेर्वासुगौलीको समाजिक क्षेत्रको चौतर्फी विकासको उदेश्यले सञ्चालनमा रहेको स्थानीय अधिकार अभियानको सकारात्मक नतिजा देखिन थालेको छ । एक्शन एड नेपालको आर्थिक सहयोग एवं दिब्य विकास स्रोत केन्द्र पर्साको सहजीकरणमा सञ्चालनमा रहेको स्थानीय अधिकार अभियानको कार्यक्रमले पटेर्वासुगौलीको १–५ नम्बर वडा सम्मको जनतामा सकारात्मक परिमाण दिन थालेको जिल्ला स्तरीय अनुगमन टोलीले बताएको छ […]
विश्वकप फाइनल फिभरः हवाई र होटल भाडा अचाक्ली बढाइयो

काठमाडौं भारतमा जारी एकदिवसीय विश्वकपको फाइनल खेलमा आइतबार भारत र अस्ट्रेलिया भिड्दैछन्। फाइनल खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा दिउँसो सवा १ बजे सुरु हुने तालिका छ।बहुप्रतिक्षित फाइनल खेलअघि हवाइ भाडामा तीव्र वृद्धि भएको छ। शनिबारका लागि बेङ्ग्लुरुबाट अहमदाबाद पुगेको एकतर्फी भाडा नै ५२ हजार ८ सय रुपैयाँ पुगेको टाइम्स अफ इण्डियाले जनाएको छ। सामान्य अवस्थामा […]
आकाश एफएमबाट धनबर्षा कार्यक्रम

वीरगंज आकाश एफएम १०९.९ मेघाहर्जबाट आज धनवर्षा कार्यक्रम संचालन भएको छ । कार्यक्रमको उद्घाटन पोखरीया नगरपालिकाका नगर प्रमुख प्रधुम्न चौहानले गरेका थिए । कार्यक्रममा वडा अध्यक्षहरु नवसाद आलम, लालबाबु चौरसिया, डाक्टर विकास चौरसिया,पोखरिया नगरपालिकाका लेखा पाल मंदिप महतो,पन्नालाल पटेल,आसा देवि,दिपक ठाकुर, योगेन्द्र रौनियारले फोन गरेका स्रोताहरुलाई चिठ्ठा खोली पुरस्कार घोषणा तथा शुभकामना दिएका थिए। कार्यक्रममा […]
वीरगंजमा लिंकरोडमा बिराट होटल एण्ड प्लाजा सञ्चालन

वीरगंज वीरगंजमा करिब पाँच करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न होटेल विराट एन्ड प्लाजा सञ्चालनमा आएको छ । वीरगंज महानगरपालिका–८ स्थित लिंकरोडमा नवनिर्मित ६ तल्ले भवनमा होटेल विराट एन्ड प्लाजा सञ्चालनमा आएको हो । लिङ्क रोडबाट जाने बाटोका चोकमै खुलेको होटेल पूर्ण वातानुकूलितता (फुल एसी) सहितका १० वटा स्वीट र पाँच वटा डिलक्स कोठा छन् । […]
अन्यत्र ठाउँमा नगरसभा भएको विरोधमा प्रदर्शन

बारा, ३ कात्तिक । बाराको सिम्रौनगढ नगरपालिकाका उपमेयरसहित केही वडाध्यक्ष र वडासदस्यहरु आन्दोलनमा उत्रिएका छन् । तोकिएको समय र स्थानमा पूर्व सूचना अनुसार सिम्रौनगढ नपाको नगरसभा नभई अन्यत्र भएको विरोधमा उनीहरु आन्दोलनमा उत्रिएका हुन् । तोकिएको स्थानमा उपस्थित भएका उपमेयर नजबु नेसासहित केही वडाध्यक्ष्Fहरु मेयरको बाटो कुरिरहेका थिए तर मेयरलगायत अन्य समूहले अन्यत्र ठाउँमा नगरसभा […]