एकैदिन ४ वटा मोटरसाइकल चोरी गरेको आरोपमा गोसाइ पक्राउ

वीरगंज, ३ कार्तिक । वीरगंज महानगरमा एकै दिनमा चार वटा मोटरसाइकल चोरी गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् । वीरगंजको विभिन्न स्थानबाट चारवटा मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ८ घर भई हाल वीरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने ३२ वर्षीय अजय गोसाईंलाई बिहीवार पक्राउ गरेको हो । गोसाईंले एक […]

२५ किलो गाँजा बरामद

वीरगंज, ३ कात्तिक । जिल्ला प्रहरी कार्यालय, बाराले २५ किलो गाँजा बरामद गरेको छ । कात्तिक १ गते राति बारा, वडा न. ०७ सनफुलवामा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट खटिएको संयुक्त गस्ती टोलीले गस्ती जाने क्रममा चारपाँच जना पुरूषले प्रहरी टोली देख्ने बितिकै गाँजा फालेर भारततर्फ फरार भएका छन् । प्रहरीले गाँजाको झोलाबाट ५ किलोको […]

नक्कली पत्रकार तथा प्रहरीको नाममा पैसा उठाउने एकजना पक्राउ

वीरगंज, ३ कात्तिक । जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले पत्रकार हुँ भनी अफवाह फैलाउने नक्कली पत्रकार पक्राउ गरेको जनाएको छ । दर्ता नै नभएको अनलाइन न्युज पोर्टल नामक फेसबूक पेज प्रयोग गरी विभिन्न पत्रकार तथा प्रहरीको चरित्रहत्या गर्ने मनसायले झुटा, कपोकल्पित र भ्रामक विषयहरू प्रकाशन गरेको तथा दशै खर्च माग गरेको उजुरीको आधारमा वीरगंज महानगरपालिका–१० […]

प्रहरी चौकी भिस्वाको भौतिक निर्माण तथा मर्मत सम्भार

वीरगंज, ३ कात्तिक । पर्साको पश्चिमी ग्रामिण भेगमा पर्ने प्रहरी चौकी भिस्वाको भौतिक निर्माण तथा मर्मत सम्भार गरिएको छ । लामो समयदेखी मर्मत सम्भारको पखाई रहेको प्रहरी चौकी भिस्वाको भौतिक निर्माण तथा मर्मत सम्भार गरिएको हो । ईलाका प्रहरी कार्यालय पोखरिया मातहत पर्ने प्रहरी चौकी भिस्वाका इन्चार्ज प्रहरी सहायक निरिक्षक (सई) रुद्र भट्टले आफ्नो व्यक्तिगत […]

बहुदरमाईले भुक्तानी नदिएपछि ठेकेदारले सोलारबत्ती खोलेर लग्यो

वीरगंज, २ कात्तिक । पर्साको बहुदरमाई नगरपालिकाको मुख्य सडकमा लगाइएको सोलर बत्तीलगायतका सामग्री ठेकेदारले खोलेर लागेका छन् । ठेकेदारले नगरपालिकाबाट भुक्तानी नपाएको भन्दै बुधवार दिउँसो बहुदरमाई नगरपालिका – ४ स्थित मुख्य सडकमा जडान गरिएको सोलर बत्ती, ब्याट्री, प्यानल लगायतका सामग्री खोलेर लागेका हुन् । नगरपालिकाको सडकमा पहिल्यैदेखि जडान गरिएको सोलर बत्तीहरूको काठमाडौंस्थित एडभान्स सिनार्जी सोलुसन […]

विद्युत् प्राधिकरणका कर्मचारीबीच कुटाकुट

वीरगंज, २ कात्तिक । नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रका कर्मचारीहरूबीच आज बिहान ११ः३० बजे कुटाकुट भएको छ । केन्द्रका हेल्पर प्रेमदास तत्वा र स्टोर इन्चार्ज रामसुन्दर दासबीच थप्पड हानाहान एवं चप्पल प्रहार भएको हो । हेल्पर तत्वाले निजी गाडीमा कार्यालयको भ-याङ लिएर जान खोज्दा जान नदिएपछि उनको गेट रोक्का गरिएको थियो । निजी कामको […]

सङ्घीयतालाई बुझ्न मधेस आएको हुँ –रास्वपा पूर्वमन्त्री अर्याल

वीरगंज, ६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं पूर्व श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्यालले सङ्घीयताको प्रतिफल बुझ्न मधेस आएको बताएका छन् । उनले तीन दिने पर्सा भ्रमणको क्रममा विभिन्न स्थानीय तहमा पुगेर यहाँका समस्याबारे सर्वसाधारणसँग जानकारी प्राप्त गरी मधेसलाई बुझ्ने प्रयास गर्ने बताए । वीरगंजमा शुक्रवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपसभापति अर्यालले मधेसका […]

बारामा अन्तरजातीय विवाह गरी बच्चा जन्माएकी महिलाको बिजोग

वीरगंज, ६ असोज । बारामा एकजना महिला अन्तरजातीय विवाह गरी बिचल्लीमा परेकी छन् । बारा, कलैया उपमहानगरपालिका वडा नं २३ की २० वर्षीया महिला बिचल्लीमा परेकी हुन् । दुई वर्षअघि सोही वडाका एकजना युवकसँग भागेर अन्तरजातीय विवाह गरेकी उक्त महिलाको नौ महीनाको छोरा छ । तर पतिको घरपरिवारले आफूलाई नस्वीकार्दा आफू समस्यामा परेको बताएकी छन् । […]

शिक्षा विधेयक मुठ्ठीभर मान्छेको स्वार्थको लागि ल्याइएको सांसद यादवको भनाइ

वीरगंज, ५ असोज/ प्रतिनिधिसभा सदस्य प्रदीप यादवले शिक्षा प्रदान गर्ने शिक्षकहरू आफ्नो अधिकार प्राप्तिका लागि सडकमा आउनु राज्यका लागि लाजमर्दाे विषय भएको बताउनुभएको छ । शुक्रवार बिहान शिक्षक आन्दोलनका निमित्त पर्साबाट सहभागी शिक्षकहरूसँग अन्तरक्रिया गर्दै जसपाका प्रमुख सचेतक समेत रहनुभएका यादवले अहिले ल्याउन लागिएको शिक्षा विधेयक मुठ्ठीभर मान्छेको स्वार्थमा ल्याएको आरोप लगाउँनुभयो । उहाँले अहिले […]

२५ वर्षीया महिलालाई छिमेकीले बलात्कार गरेको आरोप

वीरगंज, ५ असोज । पर्सामा एकजना महिलामाथि बलात्कार भएको घटना प्रकाशमा आएको छ । बहुदरमाई नगरपालिकाको एउटा वडामा बलात्कारको घटना भएको हो । एकजना विवाहित २५ वर्षीया महिलालाई ४५ वर्षीय छिमेकीले बलात्कार गरेको आरोप लागेको छ । जाहेरी दर्ता नभएकोले पीडकको विवरण खुलाइएको छैन । गत भदौ ९ गते राति ८ बजे घरबाटै नियन्त्रणमा लिएर […]