शिक्षा विधेयक मुठ्ठीभर मान्छेको स्वार्थको लागि ल्याइएको सांसद यादवको भनाइ

वीरगंज, ५ असोज/ प्रतिनिधिसभा सदस्य प्रदीप यादवले शिक्षा प्रदान गर्ने शिक्षकहरू आफ्नो अधिकार प्राप्तिका लागि सडकमा आउनु राज्यका लागि लाजमर्दाे विषय भएको बताउनुभएको छ । शुक्रवार बिहान शिक्षक आन्दोलनका निमित्त पर्साबाट सहभागी शिक्षकहरूसँग अन्तरक्रिया गर्दै जसपाका प्रमुख सचेतक समेत रहनुभएका यादवले अहिले ल्याउन लागिएको शिक्षा विधेयक मुठ्ठीभर मान्छेको स्वार्थमा ल्याएको आरोप लगाउँनुभयो । उहाँले अहिले […]
२५ वर्षीया महिलालाई छिमेकीले बलात्कार गरेको आरोप

वीरगंज, ५ असोज । पर्सामा एकजना महिलामाथि बलात्कार भएको घटना प्रकाशमा आएको छ । बहुदरमाई नगरपालिकाको एउटा वडामा बलात्कारको घटना भएको हो । एकजना विवाहित २५ वर्षीया महिलालाई ४५ वर्षीय छिमेकीले बलात्कार गरेको आरोप लागेको छ । जाहेरी दर्ता नभएकोले पीडकको विवरण खुलाइएको छैन । गत भदौ ९ गते राति ८ बजे घरबाटै नियन्त्रणमा लिएर […]
महिलाहरूको लागि ५१ प्रतिशत हक अधिकार विभिन्न संवैधानिक निकायमा दिलाउँछौ– सांसद डा तोसिमा कार्की

वीरगंज, २६ भदौ/ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले राज्यले विभिन्न निकायमा ३३ प्रतिशत अधिकार दिनुको सट्टा ५१ प्रतिशत अधिकार दिनुपर्ने बताएकी छन् । रास्वपा जीतपुरसिमरा उपमहानगरपालिका नगरसमितिले सिमराको रोयल पार्टी प्यालेसमा सोमवार राति आयोजना गरेको तीज मिलन समारोहमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । २०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रास्वपालाई नेपाली जनताले […]
परवानीपुरमा कलवार जातिको बलभद्रको पूजा भव्यतापूर्वक सम्पन्न

वीरगंज, २६ भदौ/ वीरगंज–२१ लिपनीबिर्ताको परवानीपुरमा बलभद्रपूजा सम्पन्न भएको छ । कलवार कल्याण समिति परवानीपुरको आयोजनामा एक दिने पूजा सम्पन्न भएको हो । कलवार जातिको कुलदेवताको रूपमा चिनिने भगवान् कृष्णको प्रतिमा राखी बलभद्र पूजा गरिएको पूजा समितिका मनोज गुप्ताले बताए । उनले परवानीपुर आसपासका कलवार समुदायले वीरगंजमा गएर पूजा गर्नुपर्दा सास्ती भोग्नुपर्ने भएकोले पोहोरदेखि परवानीपुर […]
पर्सागढी–६ का वडासचिव एक महीनादेखि अनुपस्थित

वीरगंज ६ भदौ । पर्सा जिल्लाको पर्सागढी नगरपालिका–६ चैनपुरस्थित वडा कार्यालयको सेवा प्रभावित भएको छ । एक महीनादेखि वडासचिव बहाल नहुँदा सो वडाको कामकारबाई प्रभावित भएको वडावासीहरूले बताएका छन् । असार मसान्त सकिएको र चालू आवको साउन–भदौमा सामाजिक सुरक्ष्Fा भत्ताको लागि नवीकरण गर्नुपर्ने मुख्य कामसँगै जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता, नागरिकता, घरबाटो, चौहद्दीलगायतका सिफारिशका काम अवरुद्ध भएकामा […]
साढे तीन बिघा जग्गाको आसमा चैनपुरका चार परिवार

वीरगंज ६ भदौ । पर्सागढी नगरपालिका–६ र ७ बागेश्वरी चैनपुरमा बसोबास गर्ने चार परिवारको अहिले बिल्लबाठ लागेको छ । आठ वर्षअगाडि विश्वासको भरमा जग्गा पास गरेर आर्थिक लेनदेन गर्दा सो परिवार अहिले सडकमा आएका बुझिएको छ । गाउँकै धनञ्जय साह तेलीले रु १५ लाख ऋण दिएर चारजनाको करीब तीन बिघा ११ कट्ठा जग्गा आप्mना नातेदार […]
आन्तरिक राजस्व सिमराद्वारा साढे १४ अर्ब राजस्व सङ्कलन

वीरगंज, ५ भदौ । आन्तरिक राजस्व कार्यालय, सिमराले गत आव २०७९/८० को १२ महीनामा १४ अर्ब ५७ करोड ३८ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ । यो कार्यालयले पाएको कुल लक्ष्यको ८४.१७ प्रतिशत हो । सो अवधिमा कार्यालयले १७ अर्ब ३१ करोड ५५ लाख ६७ हजार राजस्व सङ्कलन गर्नुपर्ने लक्ष्य पाएको थियो । बजारमा […]
सिमेन्ट उद्योग बन्दको अवस्थामा, सरकार गम्भीर भएन –व्यवसायी

वीरगंज, ४ भदौ । नेपालमा सिमेन्ट उत्पादनको लागि अग्रणी औद्योगिक कोरिडोरको रूपमा वीरगंजलाई चिनिन्छ । ऋद्धिसिद्धि समूह अन्तर्गतको विश्वकर्मा सिमेन्ट नेपालकै पहिलो ग्रान्डिङ उद्योग हो, जुन वीरगंज–२१ लिपनीबिर्तामा सञ्चालित छ । त्यसपछि नारायणी, अम्बे, कलश, इन्टरनेशनल, शालिमार, शुभश्री जगदम्बा, एडभान्स, स्टार, रिलायन्स सुपरटेकलगायत करीब एक दर्जनभन्दा बढी सिमेन्ट उद्योग स्थापना भए । चुनढुङ्गालाई फोडेर क्लिङ्कर […]
वीरगंजबाटै डिजेलको बिलिङ शुरु,लिटरमा ७५ पैसा सस्तो पर्ने

वीरगंज नेपाल आयल निगम लिमिटेडले वीरगंजबाट पेट्रोलियम पदार्थको बिक्री वितरण कार्य पुनः सञ्चालनमा ल्याएको छ । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले एक कार्यक्रमका वीच विलिङ सेवा शुभारम्भ गरे । सो अवसरमा मन्त्री रिजालले अब नेपाल आयल निगम लिमिटेडको वीरगंज शाखाबाट अढाई वर्ष पहिलेदेखि बन्द भएको सेवा पुनः शुभारम्भ भएकोमा खुशी व्यक्त गरे । वीरगंज […]
भारतले पानी नछोडदा गण्डक नहरमा पानी आएन

वीरगंज पर्सा,बारा र रौतहट सम्म फैलिएको गण्डक नहरमा पानी आउन केही दिन लाग्ने भएको छ । भारतीय पक्षले पानी नछाडदा केही दिन समय लाग्ने भएको बताइएको छ । गण्डक नहर व्यवस्थापन गर्ने निकाय नारायाणी सिँचाईका सूचना अधिकारी एवं इन्जिनियर सुरेशप्रसाद साहका अनुसार भारतीय पक्षले भारतीय नहरमा मर्मत भइरहेकोले पूर्णरुपमा पानी छाडेको छैन । धान रोपाइँका […]