मिसन मोतियाबिन्दु अप्रेसन अन्तर्गत हालसम्म ३७१जनाको सफल शल्यक्रिया

वीरगंज , मंसिर – १५

मिसन ५ हजार मोतियाबिन्दु अप्रेसन अन्तर्गत हालसम्म ३७१ जनाको सफल शल्यक्रिया भएको छ । लायन्स क्लब बिरगंज परिवारले सञ्चालन गरिरहेको अभियानमा उनीहरुको निशुल्क शल्यक्रिया भएको हो ।

बिरगंज सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोग तथा तिलगंगा आँखा अस्पताल, काठमाडौंका वरिष्ठ विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष सहकार्यमा उनीहरुको शल्यक्रिया सम्पन्न भएको हो ।

पर्सा , बाराका बिभिन्न ठाउँमा चिकित्सक सहिको टोलि पुगेर आँखा परिक्षण गर्ने गरेको र मोतियाबिन्दु ठहरिए पछी सामुदायिक आँखा अस्पताल वीरगंजमा ल्याई अत्याधुनिक प्रविधिबाट शल्यक्रिया गरिदै छ ।

सम्बन्धित पोस्टहरुः