वीरगंज, १५ मंसिर । चीसोको कारण बालबालिका, वृद्धहरूमा रूघाखोकी, ज्वरो लगायतका संक्रमण फैलिन थालेपछि न्यू टाइगर क्लब गहवाले सोमवार वडा स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं. ८ स्थित स्वास्थ्य चौकीमा क्लबले दुई थान नेबुलाइजर मेशिन, दुई थान डिजिटल थर्मामिटर, एक थान कटन बन्डल, दुई डब्बा अस्थालिन, दुई थान वाइपसलगायत सामग्री स्वास्थ्य चौकीका सिएमए गुडी साह एवं कार्यालय सहयोगी बिक्की ठाकुरलाई हस्तान्तरण गरिएको हो ।
क्लबका अध्यक्ष रवि कुमार गुप्ता, उपाध्यक्ष्F राजन साह, सल्लाहकार ललन प्रसाद चौरसिया, प्रदीप गुप्ता, संस्थाका संस्थापक एवं शिक्षक उमेशप्रसाद गुप्ता, मनिष कुमार प्रजापति, अनिलकुमार गुप्ता, साजन गुप्ता लगायतले उक्त सामग्री हस्तान्तरण गरेका थिए ।









