वीरगंज महानगर–२० हरपतगंज (अपौनी) स्थित गढीमाई खेल मैदानमा जारी गढीमाई प्रिमियर लिग क्रिकेट अन्तर्गत बिहीवार भएको खेलमा हरपतगंज युथ टिम र गढीमाई वारियर विजयी भएका छन् ।
पहिलो खेलमा हरपतगंजले अठराहाँ स्ट्राइकर्सलाई ३३ रनको अन्तरले पराजित ग¥यो । पहिलो ब्याटिङ गरेको हरपतगंजले निर्धारित १६ ओभरको खेलमा सात विकेट गुमाएर १३० रन बनाएको थियो । अठराहाँ स्ट्राइकर्स भने निर्धारित १६ ओभरमा सबै विकेटको क्षतिमा ९७ रनमैं सीमित भयो ।
यो खेलमा म्यान अफ दि म्याच रोशन यादव घोषित भए ।
आज भएको दोस्रो खेलमा गढीमाई वारियर्सले जेनजी नेपाललाई १०२ रनको अन्तरले पराजित ग¥यो । पहिलो ब्याटिङ गर्दै गढीमाईले निर्धारित १६ ओभरमा ९ विकेटको क्षतिमा १६० रन बनाएको थियो भने जेनजी नेपाल १२ ओभरमा सबै विकेट गुमाएर ५८ रनमैं सीमित भयो ।
यस खेलको म्यान अफ दि म्याच क्याफ अली घोषित भए ।













