आइजीपी कार्कीद्वारा मानव सेवा आश्रमको अवलोकन तथा खाद्यान्न र नगद सहयोग

वीरगंज , २ माघ –

नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले वीरगंजस्थित मानव सेवा आश्रमको अवलोकन भ्रमण गर्दै आश्रममा आश्रितका खाजा सेवा, अति आवश्यक खाद्यान्न सामग्री तथा नगद १० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन ।

वीरगंज – २५ सिरिसियामा रहेको मानव सेवा आश्रम वीरगंज शाखामा आयोजित कार्यक्रममा आइजीपी कार्कीसँगै मधेस प्रदेश प्रहरी प्रमुख गोविन्द थपलिया र पर्सा प्रहरी प्रमुख सुदीपराज पाठकको पनि उपस्थिति थियो । मानव सेवा आश्रम वीरगंजका संस्थापक देवेश गुप्ताका अनुसार आश्रममा आश्रित असहाय तथा बेसहारा नागरिकहरूको सेवाका लागि उक्त सहयोग प्रदान गरिएको हो ।

कार्यक्रममा मानव सेवा आश्रमका अभिभावक प्रकाश थारु, कमल चौघाई, डा. निरज सिंह, डा. प्रीति यादव, मौसमी श्रेष्ठ तथा आश्रमका स्वयंसेवकहरू ओमकुमार झा, सोनु चौरसिया, पियुष कानुन, सुजित गुप्ता, प्रधुमन सराफ, पवन कलवार र आर्यन गुप्ताको सहभागिता थियो।

सो अवसरमा आइजीपी कार्कीले मानव सेवा आश्रमले असहाय र बेसहारा नागरिकका लागि गरिरहेको सेवा अत्यन्तै सराहनीय रहेको उल्लेख गरे । उनले नेपाल प्रहरीले एक जना प्रहरीलाई चौबिसै घण्टा आश्रममा रहने गरी खटाइसकेको जानकारी दिँदै, आगामी दिनमा पनि नेपाल प्रहरीको तर्फबाट सम्भव सहयोग र साथ निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित पोस्टहरुः