कुम्हालटोल टोल सुधार समाजद्वारा १६औ निःशुल्क भोजन कार्यक्रम

वीरगंज, ३ माघ ।  कुम्हालटोल टोल सुधार समाज वीरगंज–७ ले शनिवार रेल्वेरोडस्थित पन्चमुखी हनुमान मन्दिर अगाडी १६औं  निशुल्क भोजन कार्यक्रम सम्पन्न गरेको छ ।
बटुवा, रिक्सा, ठेला, इरिक्सा चालक, बिपन्न  असहायहरूलाई दाल भात, आलु–भन्टाको तरकारी र भुटेको हरियो खुर्सानी, मुलाको अचार भोजन गराएको थियो ।
समाजका अध्यक्ष नन्दलाल राउत अहिरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडासदस्य सन्जु दाहाल, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, अमरटोल टोल सुधार समिति वीरगंजका सचिव नवराज भट्टराई, सचिव हेमन्त शाक्य, कोषाध्यक्ष बैधनाथ साह, सहसचिव रितेश गुप्ता, गौरी गुप्ता, मनोज मिश्रा, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझीलगायतको सहभागिता थियो ।
सम्बन्धित पोस्टहरुः