वीरगंज , ९ माघ –
पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार राजेश्वर साहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन अधिकृत मधुसूदन आचार्यका अनुसार तोकिएको समयावधिभित्र साहले निवेदन दिएर उम्मेदवारी फिर्ता लिएका हुन्।
उम्मेदवारी फिर्ता प्रक्रिया सकिएसँगै मुख्य निर्वाचन कार्यालयले सबै क्षेत्रको अन्तिम नामावली प्रकाशनको तयारी गरेको जनाएको छ। साथै, आजै सबै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यालयले जानकारी दिएको छ।
उम्मेदवारी फिर्ता लिएपछि साहले आफू नेपाली कांग्रेस समर्थक भएको स्पष्ट पार्दै समन्वय अभावका कारण उम्मेदवारी दिएको बताए। अब भने कांग्रेसका आधिकारिक उम्मेदवारलाई सहयोग गर्ने उनको भनाइ छ।















