क्यान्सर पीडितलाई आर्थिक सहयोग

वीरगंज, ९ माघ । वीरगंज युवा समाजले क्यान्सर पीडित एकजना व्यक्तिलाई आर्थिक सहयोग गरेको छ ।

मोरङ्ग जिल्ला, उर्लावारी नगरपालिका, अठीयावारी –८ निवासी क्यान्सर पीडित बीर बहादुर धिमाल आन्द्राको क्यान्सरबाट ग्रसित छन्, उनको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको हो ।

वीरगंजबाट समाजका अध्यक्ष संजीव थापा, रकम सङ्कलनका संयोजक बिनोद धिमाल, सदस्यहरू रोशन गुप्ता, मनोज गुप्ता र सुशील सिंह सहितका टोली भरतपुर महानगरपालिका–७ अवस्थित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल पुगी क्यान्सर पीडितलाई नगद रू. ५५ हजार रुपियाँ हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष थापाले उपचार अभावमा आर्थिक संकट झेलिरहेका पीडित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले यो सानो सहयोग गरिएको बताए । उनले हाम्रो सानो प्रयासले कसैको ज्यान जोगिन्छ भने त्यो नै सबैभन्दा ठूलो धर्म हो । आगामी दिनमा पनि असहाय र विपन्न वर्गका लागि हाम्रो अभियान जारी रहने बताए ।

कार्यक्रम संयोजक बिनोद धिमालले सम्पूर्ण सहयोगी हाथहरूलाई देखाएको यो मानवीयता प्रति हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भोगिरहेका पीडित परिवारले वीरगंज युवा समाजलाई मृत्युसँग लडिरहेका एक क्यान्सर पीडितका लागि आशाको किरण बनेर उभिएकोमा आभार प्रकट गरेका छन् । साथै सम्भव भएसम्म सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न अपिल गरेका छन् ।

सम्बन्धित पोस्टहरुः