धनुषा–१ को नतिजा सार्वजनिक, मात्रिका यादव विजयी

वीरगंज २६ फागुन —

अदालतमा परेको मुद्दाका कारण रोकिएको धनुषा क्षेत्र नम्बर १ को मत परिणाम अन्ततः सार्वजनिक गरिएको छ। निर्वाचन आयोगको निर्देशनपछि सोमबार साँझ अन्तिम नतिजा घोषणा गरिएको हो।

सार्वजनिक नतिजाअनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मात्रिका यादव १० हजार ४२८ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राम पलटन साहले ९ हजार ५०२ मत प्राप्त गरेका छन्।

अदालती प्रक्रिया जारी रहेकाले यसअघि मत परिणाम सार्वजनिक हुन सकेको थिएन। आयोगको निर्देशनपछि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले नतिजा औपचारिक रूपमा सार्वजनिक गरेको हो।

सम्बन्धित पोस्टहरुः