रणवीरको ‘धुरन्धर : द रिभेन्ज’ बलिउडमा अग्रिम टिकट बिक्री रेकर्ड कायम

वीरगंज २६ फागुन —

बलिउड फिल्म ‘धुरन्धर : द रिभेन्ज’ ले भारतीय बक्सअफिसमा अग्रिम टिकट बिक्रीको नयाँ कीर्तिमान कायम गरेको छ। पेड प्रिभ्युका लागि दुई दिनमै फिल्मले करिब २ लाख टिकट बिक्री गर्दै ९ करोड भारु नेट आम्दानी गरेको बताइएको छ।

विशेषगरी पीभीआर, आइनेक्स र सिनोपोलिस सिनेमा चेनबाट मात्र करिब १ लाख ४१ हजार टिकट बिक्री भएको छ, जसले कुल आम्दानीको झन्डै ८० प्रतिशत हिस्सा ओगटेको छ।

यससँगै रणवीर सिंह अभिनित फिल्म बलिउडमा सबैभन्दा बढी पेड प्रिभ्यु आम्दानी गर्ने नयाँ रेकर्ड बनाएको छ। यसअघि यो रेकर्ड ‘स्त्री २’ को नाममा थियो, जसले ८.७५ करोड भारु नेट कमाएको थियो।
फिल्म अझै रिलिज हुन १० दिन बाँकी रहँदा मात्र दुई दिनको अग्रिम टिकट बिक्रीबाट रेकर्ड बनेको हो। प्रिभ्यु प्रदर्शनको कुल सम्भावित क्षमता करिब ५५ करोड भारु नेट रहेको छ, जुन पछि बढेर ६५ करोड भारुभन्दा माथि पुग्ने अनुमान गरिएको छ।

विश्लेषकका अनुसार ‘धुरन्धर : द रिभेन्ज’ ले अघिल्लो भागको कमाइलाई उछिन्दै नयाँ रेकर्ड बनाउन सक्ने सम्भावना छ। अग्रिम टिकट बिक्री क्रमशः अघि बढ्ने र रिलिजसम्म पेड प्रिभ्युबाट करिब २०–३० करोड भारु नेट आम्दानी हुने अपेक्षा गरिएको छ।

सिनेमाघरहरूले प्रायः तोकिएको समयभन्दा अघि टिकट बिक्री सुरु गर्ने चलन रहेकाले बाँकी सप्ताहान्तमा पनि अग्रिम टिकट बिक्रीमा उच्च आकाँक्षा गरिएको छ।

सम्बन्धित पोस्टहरुः