वैश्विक तेलको मूल्यमा गिरावट, ट्रम्पको ‘युद्ध छिट्टै अन्त्य’ भनाइले बजारमा प्रभाव

वीरगंज २६ फागुन —

एसियाली बजारहरूमा मंगलबार बिहान विश्वव्यापी कच्चा तेलको मूल्य घटेको छ। ब्रेन्ट तेल करिब ८.५ प्रतिशत घटेर प्रति ब्यारेल ९२.५० डलरमा पुगेको छ भने अमेरिकी तेल लगभग ९ प्रतिशत घटेर ८८.६० डलरमा आएको छ।

हालको मूल्य युद्ध सुरु हुँदा भन्दा करिब ३० प्रतिशत बढी रहँदा पनि गिरावटले एसियाली सेयर बजारमा सकारात्मक असर पारेको छ। मूल्य घट्नमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार युद्ध छिट्टै अन्त्य हुने बताएको टिप्पणीको भूमिका रहेको बीबीसीले उल्लेख गरेको छ।

साथै ट्रम्पले इरानलाई विश्वव्यापी तेल आपूर्ति मार्ग अवरुद्ध नगर्न चेतावनी दिएका छन्। उनले स्ट्रेट अफ हर्मुजमा जहाज आवागमन रोक्ने कुनै प्रयास भए अमेरिकाले कडा आक्रमण गर्ने चेतावनी दिएका छन्। ट्रम्पले भनेका छन्, यस्तो भएमा ‘मृत्यु, आगो र भीषण आक्रमण’ हुनेछ र इरानलाई राष्ट्रको रूपमा उभिन असम्भव बनाइनेछ।

सम्बन्धित पोस्टहरुः