पर्सामा १० लाखको भन्सार छलीका कपडासहित एक जना पक्राउ

1200x150_1200x150-01.jpg (1)

पर्सा , भदौ ९ —

पर्साको जिराभवानी गाउँपालिका–१ बलुवाबाट प्रहरीले भन्सार छली गरी ल्याइएको करिब १० लाख रुपैयाँ मूल्य बराबरको कपडासहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरी चौकी महादेवपट्टी र सशस्त्र प्रहरी बल नेपाल बीओपी महादेवपट्टीबाट खटिएको संयुक्त टोलीले बीआर २२ बीओ ००१७ नम्बरको प्लेटिना मोटरसाइकलसहित १२ बोरा कपडा बरामद गरेको हो।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१७ बस्ने २५ वर्षीय दिपेन्द्र साह रहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

भारतबाट भन्सार छली गरी कपडा नेपालतर्फ ल्याउँदै गरेको विशेष सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। बरामद कपडा र मोटरसाइकलसहित साहलाई थप अनुसन्धान तथा कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः