परवानीपुरमा इभीको ठक्करबाट बालकको मृत्युु

1200x150_1200x150-01.jpg (1)

वीरगंज, १६ भदौं । इभी गाडीको ठक्करबाट एक सात वर्षीय बालकको मृत्यु भएको छ । बारा जिल्लाको परवानीपुर गाउँपालिका–४ स्थित केडिया आँखा अस्पताल अगाडि इभीले ठक्कर दिंदा भारतको बिहार राज्यको मोतिहारी जिल्लामा घर भएका मोहम्मद गुफानका छोरा ७ वर्षीय मोहम्मद ईशानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मंगलवार दिउँसो वीरगंजबाट हेटौँडा जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०९०१ नम्बरको इभी गाडीले बाटो काट्दै गरेका ईशानलाई ठक्कर दिएको थियो।
गाडीको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका ईशानलाई उपचारका लागि वीरगंजस्थित बयोधा मेडिसिटी अस्पताल लगिएको थियो।त्यहीँ उपचारकै क्रममा दिउँसो २ः०८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।
प्रहरीले ठक्कर दिने ईभी गाडी र त्यसका चालक वीरगंज महानगरपालिका–३२ मा बस्ने २६ वर्षीय लक्ष्मण पासवानलाई नियन्त्रणमा लिएको छ।
चालकलाई इलाका प्रहरी कार्यालय परवानीपुरमा राखेर घटनावारे थप अनुसन्धान भइरहेको प्रवक्ता घलेले जानकारी दिएका छन् ।

सम्बन्धित पोस्टहरुः