खाजा खर्च कटाएर विद्यार्थीहरुले गरे बाढीपीडितलाई सहयोग

1200x150_1200x150-01.jpg (1)

वीरगंज , भदौ – १७

वीरगंज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीले आफ्नो खाजा खर्चबाट रकम संकलन गरी बाढीपीडितलाई सहयोग गरेका छन्।

विद्यार्थीहरूले खाजाका लागि घरबाट ल्याएको रकममध्ये ३ हजार रुपैयाँ संकलन गरेका हुन्। संकलित रकम बाढीपीडितको सहयोगमा उपलब्ध गराइने विद्यालयका प्रधानाध्यापक विरेश पटेलले जानकारी दिए।

बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम छुट्याएर मानवीय सहयोगको उदाहरण प्रस्तुत गरेको प्रधानाध्यापक पटेलले बताए।

सम्बन्धित पोस्टहरुः