वीरगंज , भदौ १७ –
रसुवा बाढीपीडितका लागि वीरगंजबाट करिब २ लाख २५ हजार रुपैयाँ बराबरको राहत सामग्री पठाइएको छ।
रिलिफ ०२६ नेपालको पहलमा खाद्यान्न, बालबालिकाका कपडा, सेनिटरी प्याडलगायत आवश्यक सामग्री संकलन गरी रसुवातर्फ पठाइएको हो।
राहत सामग्री संकलनमा वीरगंजका व्यापारी, शुभेच्छुक तथा विभिन्न व्यक्तिको सहयोग रहेको आयोजकले जनाएको छ। संकलित सामग्री वास्तविक बाढीपीडित परिवारलाई प्राथमिकताका आधारमा वितरण गर्न आग्रह गरिएको छ।
आयोजकले विपत्तिको समयमा आफ्नो क्षमताअनुसार सहयोग गर्न सबैलाई आग्रह गरेको छ।






