पर्सामा पटाका पड्काउँदा पाँच वर्षीय बालकको मृत्यु

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक २३ –

पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीमा पटाका पड्काउने क्रममा गम्भीर घाइते भएका पाँच वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएको छ।

स्थानीय मखु सहनीका पाँच वर्षीय छोराको आज बिहान करिब ८ः३० बजे पटाका पड्काउने क्रममा छातीमा आगो लागेर गम्भीर चोट लागेको थियो। घटनालगत्तै उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल पुर्‍याइएका बालकको उपचारकै क्रममा मृत्यु भएको उनका बुबा मखु सहनीले बताएका छन्।

बालकको मृत्यु भएपछि जिल्लामा अवैध पटाकाको ओसारपसार, बिक्रीवितरण तथा प्रयोग नियन्त्रणमा प्रहरी प्रशासनको प्रभावकारितामाथि प्रश्न उठेको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः