रौतहट , ९ फागुन-
रौतहट जिल्लाको सदरमुकाम गौरमा उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। सुरक्षा अवस्थालाई नियन्त्रणमा लिन तथा सम्भावित अप्रिय घटना रोक्न कर्फ्यु लागू गरिएको प्रशासनले जनाएको छ।
कर्फ्यु अवधिभर सर्वसाधारणलाई घरभित्रै बस्न आग्रह गरिएको छ भने अत्यावश्यक सेवाका सवारी साधनलाई मात्र आवतजावतको अनुमति दिइने बताइएको छ। क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ।
प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न र शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न अनुरोध गरेको छ।









