सन्जिव मिश्रले एमालेबाट राजीनामा दिए

पर्सा ,९ फागुन –

पर्सा जिल्ला अन्तर्गत राजनीतिक गतिविधिमा सक्रिय नेता सन्जिव मिश्रले आज नेकपा (एमाले)बाट आफ्नो राजीनामा घोषणा गरेका छन।

मिश्रले करिब १५ वर्षसम्म पार्टीमा रहेर जिल्ला कमिटी सदस्य, उप–सचिव र मधेश प्रदेश कमिटी सदस्यको रूपमा काम गरेको अनुभव उल्लेख गर्दै अब व्यक्तिगत राजनीतिक सोच र भविष्यको दृष्टिलाई मध्यनजर गर्दै पार्टी परित्याग गरेको बताए।

उनेले आफ्नो निर्णय सहज नभएको तर आत्मसम्मान र विचारअनुसार लिएको स्पष्ट पारे।

सम्बन्धित पोस्टहरुः