वीरगंज, ९ फागुन –
वीरगंज महानगरपालिका–७ मा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता दीपक महतो, शिवजी गुप्ता, महिला नेतृ सुनिता देवीसहित सयौं स्थानीय नेता तथा कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन्।
पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले नवप्रवेशीहरूलाई फूलमाला र गम्छा लगाएर स्वागत गरे। यादवले प्रवेशले वडा–७ मा एमालेको आधार बलियो भएको र आगामी निर्वाचनलाई ‘देश जोगाउने र देश जलाउने’ बीचको प्रतिस्पर्धा भएको बताए।
कार्यक्रममा यादवले राष्ट्रियता, संघीयता र अखण्डताको रक्षा गर्न एमालेलाई मतदान गर्न स्थानीयलाई आग्रह गर्दै काँग्रेसका उम्मेदवारको व्यवसायी पृष्ठभूमि र राजनीतिक योगदानमाथि प्रश्न उठाए। यसअघि सांसद रहँदा गरेका विकास कार्य र जनसेवालाई आधार बनाएर काम गर्ने नेतालाई छान्न मतदातासमक्ष आग्रह गरिएको छ।









