वीरगंज, १ चैत्र –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ।
आज बसेको पार्टीको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली तय गरेको रास्वपाका प्रवक्ता मनिष झा ले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त सूची आजै निर्वाचन आयोग नेपाल मा बुझाइनेछ।
क्लस्टर अनुसार खसआर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेसीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम समावेश गरिएको छ।
तर ती क्लस्टरबाट छनोट भएका व्यक्तिहरूको नाम भने पार्टीले सार्वजनिक गरेको छैन। निर्वाचन आयोगले नामावली रुजु गरी स्वीकृत गरेपछि मात्र सूची सार्वजनिक गरिने प्रवक्ता झाले जानकारी दिए ।









