धनुषाकी रुबिना ठाकुरका बुवा इटा भट्टामा काम गर्थे, अहिले विदेशमा छन् । आमाले पनि कडा मेहनत गरेर परिवार चलाइन् । तर रुबिनाले हार मानेनिन् । उनले डिप्लोमा सिभिल इन्जिनियरिङ पढिन् । पढाइ र संघर्षको बाटोमा उनी कहिल्यै रोकिनन् ।
श्रम संस्कृति पार्टीले मधेसी महिला कोटाबाट उनलाई समानुपातिक सांसद बनाएको छ । पार्टी प्रवक्ता सत्य घलेका अनुसार यो निर्णयले पार्टीले गरिब, सीमान्तकृत र मधेसी महिलालाई सम्मान दिएको छ । रुबिना ठाकुरले भनिन् – “मेरो बुवा इटा भट्टामा काम गर्नुहुन्थ्यो, मलाई संसद पुग्ने सपना थियो । अब जनताको सेवा गर्नेछु ।”
धरानको मेयरबाट राजीनामा दिएर नयाँ पार्टी बनाउने हर्क साम्पाङको ठूलो बलिदानले नै यस्ता आवाजहरूलाई संसदसम्म पुर्याएको छ । हर्कले पद छोडेर ‘श्रम र संस्कृति’ को राजनीति गरे । त्यही त्यागको कारणले आज रुबिना जस्ती गरिब छोरीले संसदमा प्रतिनिधित्व गर्न पाएकी छन् । यो नयाँ राजनीतिको सच्चा उदाहरण हो – पद होइन, जनताको आवाज हो ।
रुबिना ठाकुरको यात्राले देखाउँछ – गरिबीले सपना मार्दैन, मेहनतले उडान दिन्छ । उनी अब संसदमा शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण र सीमान्तकृत समुदायका मुद्दा उठाउने तयारीमा छन् ।








