रसुवाको टिमुरेमा ११६ जनाको सकुशल उद्धार

1200x150_1200x150-01.jpg (1)

रसुवा , भदौ १० —

रसुवाको टिमुरेमा बाढीपछि नेपाली सेनाले सञ्चालन गरेको उद्धार अभियानबाट ११६ जनाको सकुशल उद्धार गरिएको छ।

उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। उद्धारका क्रममा टनेलभित्र फसेका ७ नेपाली नागरिकलाई समेत सुरक्षित रूपमा बाहिर निकालिएको जनाइएको छ।

बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनासहितका सुरक्षा निकायले खोज तथा उद्धार अभियानलाई निरन्तरता दिइरहेका छन्।

संकटको अवस्थामा उद्धारमा खटिएका सुरक्षाकर्मीको तत्परता र प्रयासको प्रशंसा गरिएको छ।

सम्बन्धित पोस्टहरुः