अनमोल साहविरुद्ध पक्राउ पुर्जी जारी

1200x150_1200x150-01.jpg (1)

वीरगंज,१६ भदौ । वीरगंजका चर्चित उद्योगी अनिल छपोलियाका छोरा अनमोल साहविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ।

ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा अदालतले साहलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश दिएको हो।

वीरगन्ज महानगरपालिका–१७ निवासी सुनिता देवीको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा अदालतले अनमोल साहविरुद्ध पक्राउ आदेश जारी गरेको जनाइएको छ।

जाहेरीअनुसार, जाहेरवालाको नाममा रहेको पर्सा जिल्लाको साविक बहुअर्वाभाठा गाविस–९ स्थित जग्गा तथा शिवलोक खाद्य उद्योगसमेत खरिद गर्ने भन्दै अनमोल साहले मूल्य तय गरी विभिन्न प्रलोभन देखाएर बिक्रीसम्बन्धी कागजमा हस्ताक्षर तथा औँठाछाप गराएको आरोप छ।

सोही विषयलाई लिएर जाहेरवालाले पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गराएकी थिइन्।

मुद्दामाथि सुनुवाइ गर्दै पर्सा जिल्ला अदालतले गत साउन २६ गते अनमोल साहलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश दिएको बताइएको छ।

अदालतको आदेशपछि साहलाई पक्राउ गर्न प्रहरीले प्रक्रिया अघि बढाएको जनाइएको छ।

सम्बन्धित पोस्टहरुः