पर्सा , कार्तिक २३ –
बारा जिल्लाको महागढीमाई नगरपालिका–१ बरियारपुरमा माटोको चुलोमा खसेर चार वर्षीया बालिका घाइते भएकी छन्।
प्रहरीका अनुसार शनिबार साँझ करिब ७ः३० बजे स्थानीय विकास प्रसाद कुशवाहाकी छोरी रिया कुशवाहा घरमा खाना पकाउने क्रममा अचानक चुलोमा खसेकी थिइन्। चुलोमा खस्दा उनको दुवै खुट्टा र अनुहार जलेर घाइते भएको जनाइएको छ।
घाइते बालिकालाई उपचारका लागि वीरगञ्जस्थित एनएमसी अस्पताल लगिएको छ। उनको अवस्था मध्यम रहेको र उपचारमा बुवा संलग्न रहेको प्रहरीले जनाएको छ।
घटनाबारे राति ११ बजे प्रहरी चौकी बरियारपुरमा जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक कपिल अधिकारीको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






