पर्सा , कार्तिक २३ –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामस्थित गंगासागर आउने भएका छन्।
तिहार, नेपाल संवत् तथा छठ पर्वको शुभकामना दिँदै लामिछानेले आफू गंगासागर आउने जानकारी दिएका हुन्।
उनले पर्वहरूले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशा ल्याउनुका साथै परिवार, समाज र समुदायबीच प्रेम, सद्भाव, एकता र आपसी विश्वास बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
उनले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन पनि पर्वहरूले योगदान पुर्याउने बताएका छन्।







