जगरनाथपुरमा आगलागी हुँदा लगभग ७ लाखको क्षति

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक २३ –

पर्साको जगरनाथपुर गाउँपालिका–१, पिपरडारीमा दीपावलीको राति आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ।

आइतबार राति स्थानीय कमलेश साहको फुसको घरमा विद्युत् तार सर्ट भएर आगलागी भएको हो। आगलागीबाट घरसँगै घरभित्र रहेका काठ तथा प्लास्टिकका फर्निचर, साइकल, टेन्टका सामान, खाद्यान्नलगायत सामग्री जलेर नष्ट भएका छन्।

घरका सदस्यहरू लक्ष्मीपूजामा व्यस्त रहेका बेला आगलागी भएको थियो। आगलागीबाट करिब ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको पीडित साहले दाबी गरेका छन ।

यसैबीच, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले सोमबार बिहान घटनास्थल पुगेर आगलागीपीडित साहको परिवारसँग भेट गरेका छन्।

अध्यक्ष यादवले आगलागीस्थलको निरीक्षण गर्दै पीडित परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः