पर्सा , मङ्सिर ४ –
चितवनको राप्ती नगरपालिका–१ लोथरस्थित प्रहरी चेकिङ पोइन्टबाट ४४३ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
शुक्रबार बिहान हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको एनएल ०१०७७९२ नम्बरको भारतीय कन्टेनर जाँच गर्ने क्रममा चालक सिटपछाडिको क्याबिनमा फल्स बटम बनाई लुकाइएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा कन्टेनर चालक २४ वर्षीय सत्यम कुमार र सहचालक २० वर्षीय रौनक कुमार रहेका छन्। बरामद गाँजासहित दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






