राष्ट्रिय खेलकुदमा मधेसलाई दुई पदक

1200x150_1200x150-01.jpg (1)

पर्सा , मङ्सिर १२ –

कर्णाली प्रदेशमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेस प्रदेशका लागि पर्साका अर्का खेलाडीले पनि पदक जित्न सफल भएका छन्।

रुकुममा शनिबार बिहान सम्पन्न शारीरिक सुगठन विधाअन्तर्गत ७५ केजी तौल समूहको प्रतिस्पर्धामा वीरगन्ज महानगरपालिका–२४ का साहेब गिरीले कांस्य पदक जितेका हुन्।

यससँगै प्रतियोगितामा मधेस प्रदेशका लागि पर्साका दुई खेलाडीले पदक दिलाएका छन्।

यसअघि शुक्रबार सम्पन्न शारीरिक सुगठनको मेन्स क्लासिकल ओपनतर्फ पर्साको बहुदरमाई नगरपालिका–६, गम्हरियाका हरिनारायण साहले पनि कांस्य पदक जितेका थिए। उनको पदक मधेस प्रदेशका लागि प्रतियोगिताको पहिलो पदक बनेको थियो।

भर्खरै

सम्बन्धित पोस्टहरुः