पर्सा , मंसिर १३ –
वीरगंज महानगरपालिका–१८ सुखचैनामा शुक्रबार राति भएको आगलागीबाट एक दलित परिवारको घर तथा घरभित्र रहेका सामान जलेर नष्ट भएका छन्। लाखौं रुपैयाँ बराबरको क्षति भएको पीडित परिवारले दाबी गरेका छन।
शनिबार राति करिब १२ बजे भएको आगलागी नियन्त्रणका लागि पीडित परिवारले वीरगंज महानगरपालिकाको बारुण यन्त्रलाई फोनमार्फत खबर गरेका थिए। तर, खबर गर्दा पनि समयमै दमकल घटनास्थलमा नपुगेको पीडित परिवारको गुनासो छ।
आगलागीबाट घर र घरभित्रका सामान नष्ट भएपछि परिवार प्रभावित बनेको छ।






