search

नर्सिङको पढाइ सकेका अरविन्द त्रिशूलीमा बेपत्ता

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३१ असार/ वीरगंजबाट काठमाडौं गइरहेको एन्जल डिलक्स बसमा सवार वीरगंज–१६ फूलबारी टोलका अरविन्द पडित चार दिनदेखि बेपत्ता छन्।
१६ वर्षीय पडित पूर्ण छात्रवृत्ति कोटामा टिचिङ अस्पताल महाराजगंजमा बिएससी नर्सिङ स्नातक परीक्षा उत्तीर्ण गरी सरकारी जागीरको लागि पत्र लिन काठमाडौं जान लागेका थिए।
गत शुक्रवार बिहानदेखि उनको मोबाइल स्विच अफ छ। घरपरिवारका सदस्य घटनास्थल भरतपुर–२९ सिमलताल गएर फर्किसकेका छन् तर अहिलेसम्म बस र भाइको अवस्था पत्ता लाग्न नसकेको अरविन्दकी दिदी एवं कलैया अस्पतालकी स्टाफ नर्स पूजाकुमारी प्रजापतिले बताइन्। अरविन्द पढाइसँगै डब्लुएचओमा पनि कार्यरत थिए। उनका बुबा चन्देश्वर पडित र आमा मञ्जुदेवी कुम्हाल नेशनल मेडिकल कलेजमा कार्यरत छन् भने उनको १६ वर्षीय एकजना भाइ अनिल पडित छन्।
अरविन्दको अवस्थाको पत्ता नलाग्दा घरपरिवार शोकाकुल छ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads