search

नेरेसो पर्साद्वारा अभिमुखीकरण

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३१ असार/ नेपाल रेडक्रस सोसाइटी पर्साले सोमवार वीरगंजका सामुदायिक र संस्थागत विद्यालयका शिक्षक र विद्यार्थीहरूसँग अभिमुखीकरण गरेको छ।
जुनियर, युवा तथा शिक्षक नायकको लागि रोड सुरक्षा तथा लागूऔषधसम्बन्धी सचेतनामूलक अभिमुखीकरण कार्यक्रम गरिएको थियो।
विनोद गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज महानगरपालिकाका शैक्षिक प्रमुख अरविन्दलाल कर्ण, विष्णु नेपाल, फूलमहमद मियाँ, मधु राणा, मोहन यादव, आलोक चौरसिया, जियालाल गुप्ता, सन्तोष गुप्तालगायतको सहभागिता थियो। कार्यक्रममा स्वागत धर्मदत्त विडारी, उद्घोष वीरशमशेर पटेलले गरेका थिए। कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय, पर्साका वरिष्ठ सहायक निरीक्षक बुद्ध खड्का, प्रहरी निरीक्षक रोशन थापाले ट्राफिक नियम र लागूऔषधसम्बन्धी प्रशिक्ष्Fण दिएका थिए।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads